जलपरी गौरिकाले पाउने भइन् ६५ लाख रुपैयाँ पुरस्कार « Khabarhub

जलपरी गौरिकाले पाउने भइन् ६५ लाख रुपैयाँ पुरस्कार


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘जलपरी’ गौरिका सिंहले पुरस्कार स्वरुप सरकारबाट ६५ लाख रुपैयाँ पाउने भएकी छिन् ।

१३औं सागमा ४ स्वर्ण, २ रजत र ३ कास्यपदक प्राप्त गरेकी उनले सरकारले पुरस्कार घोषणा गरेअनुरुप ६५ लाख रुपैयाँ पाउने भएकी हुन् ।

त्यस्तै, दुई स्वर्ण जितेका तेक्वान्दो खेलाडी आयशा शाक्य, कराते खेलाडी मण्डेकाजी श्रेष्ठ र गल्फर सुवास तामाङले जनही २२ लाख रुपैयाँ पाउनेछन् ।

त्यस्तै पुरुष फुटबल टिमले एक करोड २४ लाख पाउने भएको छ । खेलका स्वर्णपदक विजेतालाई एकमुस्ट ९ लाख र जनही पाँच लाख रुपैयाँ दिइने बताइएको छ ।

जसअनुसार स्वर्ण जितेको पुरुष फुटबल टिमले एक करोड २४ लाख रुपैयाँ पाउने भएका हुन् ।

स्वर्ण विजेता प्रशिक्षकका हकमा पाँच लाख रुपैयाँ दिने घोषणा गरिएको छ । यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ८ : २३ बजे

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले