४८ मेगापिक्सलको क्यामेरा भएका यी मोबाइल, जो छिट्टै नेपालमा लञ्च हुँदैछन् « Khabarhub

४८ मेगापिक्सलको क्यामेरा भएका यी मोबाइल, जो छिट्टै नेपालमा लञ्च हुँदैछन्


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईं–हामीले मोबाइल किन्दा सबैभन्दा पहिलो के कुरामा ध्यान दिन्छौं होला ? सामान्यतः सबैको जवाफ हुन्छ, क्यामेरामा ! कतिपयले फोनको स्टोरेज, प्रोसेसर, र्‍याम, ब्याट्री ब्याकअपको विषयमा पनि ध्यान दिन्छन् । तर, अहिलेको अवस्थामा मोबाइलको महत्व स्थापित गर्ने मामलामा क्यामेरा नै अगाडि आउँछ ।

पछिल्ला केही महिनामा विश्व मोबाइल बजारमा ४८ मेगापिक्सल क्यामेरा भएका फोन उतार्ने प्रतिस्पर्धा नै चलेको छ । अघिल्लो वर्ष सोनी र सामसुङले आफ्नो ४८ मेगापिक्सल क्यामेरा भएको स्मार्टफोन ल्याउन लागेको घोषणा गरे, अन्य मोबाइल उत्पादक कम्पनी पनि यस्तो फोन बनाउन जुटिहाले ।

आज हामी त्यस्तै केही फोनको बारेमा उल्लेख गर्न जाँदैछौं, जसमा ४८ मेगापिक्सलको क्यामेरा उपलव्ध छ । साथै यी मोबाइलहरु छिट्टै नेपालमा पनि उपलब्ध हुनेछन् ।

ओप्पो एफ ११


४८ मेगापिक्सलको रियर क्यामेरा भएको यो फोन अबको केही समयमै नेपालमा उपलब्ध हुने जनाइएको छ । २ वटा रियर क्यामेरामध्ये एउटा ४८ मेगापिक्सलको हुनेछ भने अर्को ५ मेगापिक्सलको हुने छ । यस्तै यसमा १६ मेगापिक्सलको पप–अप सेल्फी क्यामेरा दिइएको छ ।

६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्षमता तथा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज क्षमता गरी यो फोन दुईवटा भर्सनामा उपलब्ध हुने छ । नेपाली बजारमा यो फोनको मूल्य ४० देखि ४५ हजारको बीचमा पर्नसक्छ ।

भीभो भी–१५


ट्रिपल क्यामेरा सेटअप भएको यो फोनमा ४८ मेगापिक्सलको प्राइमरी क्यामेरा दिइएको छ । साथै ३२ मेगापिक्सलको पप–अप सेल्फी क्यामेरा हुनेछ । ६ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज क्षमताको यो फोनमा क्वालकम स्न्यापड्रागन ६७५ चिपसेट उपलब्ध हुने छ । नेपाली बजारमा यो मोबाइल ४८ देखि ५० हजारको बीचमा उपलब्ध हुनेछ ।

रेडमी नोट ७ प्रो

चिनियाँ मोबाइल निर्माता कम्पनी शाओमी एकदमै कम मूल्यमा आफ्ना प्रयोगकर्तालाई ४८ मेगापिक्सलको क्यामेरा भएको मोबाइल उपलब्ध गराउने छ । दुईवटा रियर क्यामेरामध्ये ४८ मेगापिक्सलको प्राइमरी क्यामेरा भएको यो फोनमा १३ मेगापिक्सलको सेल्फी क्यामेरा छ । फोनमा ४००० एमएएच को ब्याट्री दिइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १ : १४ बजे

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

मनाङ – औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो

खानेपानी डिभिजन कलैयाका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय