सीकेद्वारा सहमतिको उल्लंघन, जनमत संग्रहको व्याख्यापछि संसदमा विरोध | Khabarhub Khabarhub

सीकेद्वारा सहमतिको उल्लंघन, जनमत संग्रहको व्याख्यापछि संसदमा विरोध


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखण्ड र स्वाधीन नेपालसहित सरकारसँग ११ बुँदे सहमति गरी विखण्डनको बाटो त्यागेका डा. सीके राउत जनकपुरा पुग्दा ‘स्वतन्त्र मधेस’ नारा घन्किएको छ । सरकार र राउतबीच शुक्रबार मात्रै ११ बुँदे सहमति भएको थियो ।

राउतको स्वागतको लागि जनकपुर विमास्थल पुगको कार्यकर्ताले ‘फ्री मधेस’ लेखिएको झण्डा बोकेर हिन्दी भाषामा विखण्डनको नारा लगाएको थिए । आजको अन्नपूर्ण दैनिक लेख्छ– राउतले पृथकतावादी आन्दोलनको बाटो छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको भनिएपनि उनका कार्याकर्ताले पुरानो नारा छाडेका छैनन् ।

त्यस्तै गरी पत्रिकाले जनमत संग्रहको व्याख्यापछि संसदमा तीव्र असन्तुष्टि चुलिएको समाचारलाई पनि पहिलो पृष्ठमा समाचार छापेको छ । यता कांग्रेस सभापति शेरबहादुर देउवाले सीके राउत मूलधारको राजनीतिमा आउनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै पत्रिकाले भारतबाट ल्याउँछ विप्लव समूहले हतियार शीर्षकमा अर्को समाचार छापेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भित्र्याएको पाइएको हो । केही दिनदेखि उक्त समूहले मुलुकका विभिन्न ठाउँमा आतंक मच्चाउँदै आएको छ ।

त्यस्तै पत्रिकाले क्यान्सर उपचारमा समस्या, शुल्क तिर्दा पनि सेवा पाइँदैन शीर्षकमा क्यान्सरको पहिचान भएका दर्जनौैं विरामी उपचारका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पतला पुग्छन् तर उपचार नै नपाई निरास फर्किने गरेको समाचारमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ६ : २२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय