‘जनअभिमतको अर्थ जनमत संग्रह होइन, धोका दिने सिद्धिन्छ’ « Khabarhub

‘जनअभिमतको अर्थ जनमत संग्रह होइन, धोका दिने सिद्धिन्छ’


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले सीके राउतसमूहसँग गरेको सहमतिपछि आएका विभिन्न टिक्का टिप्पणीलाई सरकारले गम्भीर रुपमा लिएको छ ।

सहमतिमा प्रयोग भएको ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधी’ शब्दको अर्थ ‘जनमतसंग्रह’ नभएको प्रष्ट पार्दै सरकारले यस्तो व्याख्या सहमतिविपरीत हुने जनाएको छ । सहमतिमा हस्ताक्षरकर्तासमेत रहेका गृहमन्त्री रामबहादुर थापाले सहमति विपरीत जाने र धोका दिने सिद्धिने भन्दै चेतावनीपूर्ण जवाफ दिएको कान्तिपुर दैनिकमा खबर छ ।

मन्त्री थापाले मधेशका विषयमा जनमत संग्रह गर्ने कुनै विषय नउठेको पनि बताएका छन् ।

सहमति विपरीत र्‍याली शीर्षकको समाचारमा सीके राउत सरकारसँग सहमतिपछि र्‍यालीसहितको प्रर्दशनमा उत्रिएका छन् । उनी रहेको र्‍यालीमा ‘फ्रीमधेस’ लेखिएका व्यानर पनि प्रदर्शन गरिएको छ ।

राउतको सुरक्षाका लागि बेग्लै सुरक्षादस्ता पनि सार्वजनिक गरिएको थियो । यो घटनालाई प्रदेश सरकारले भने आपत्ति जनाएको छ । सीके राउत समूहले प्रदेश २ को जनकपुरमा गरेको प्रदर्शन सरकारसँग भएको सहमति विपरीत रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।

त्यस्तै कोरियामा एकै वर्षमा १० हजार नेपाली युवालाई लगिने, जसमध्ये उत्पादन क्षेत्रमा ७ हजार ५० र कृषिमा ३ हजारलाई लैजाने, कोरिया जानेको न्यूनतम तलब १ लाख ५० हजार हुनेलगायतका खबर मुख्य रुपमा छापिएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ७ : ५५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार