४ बिहे र एक इङ्गेजमेन्ट गरिसकेकी छिन् जेनिफर लोपेज | Khabarhub Khabarhub

४ बिहे र एक इङ्गेजमेन्ट गरिसकेकी छिन् जेनिफर लोपेज


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकी गायिका तथा नायिका जेनिफर लोपेजले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिेगजसँग दुई वर्ष डेटिङ गरेपछि बिहे गर्ने भएकी छिन् । यी दुईको इङ्गेजमेन्ट भइसकेको छ ।

जेनिफरले आफ्नो इन्स्टाग्राममा यो कुरालाई शेयर गरेकी छिन् ।

वेबसाइट फक्सन्यूज डटकमका अनुसार यी दुईले शनिबार राति इन्स्टाग्राममा यो खबर शेयर गरेका थिए ।

तस्वीर – एएफएफ–युएसए डटकम

रोड्रिगेजले जेनिफरसँग इङ्गेजमेन्टको एक औँठी शेयर गर्दै लेखे, ‘उनले हुन्छ भनिन् ।’

जेनिफर लोपेजको यो इङ्गेजमेन्ट छैठौँपटक भएको हो । लोपेजले यसअघि नै ४ पटक बिहे र एक इङ्गेजमेन्ट गरिसकेकी छिन् ।

बेवर्ली हिल्स होटलमा जेनिफरले एलिक्सलाई देखिन् र उनीसँग गइन् । त्यसपछि अहिले पनि यी दुई मायामा छन् ।

त्यतिबेला नै एक म्यागजिनमा जेनिफरसँगको सम्बन्धका बारेमा एलेक्सले खुलासा गरेका थिए । उनले भनेका थिए, ‘हामी दुई बीच धेरै कुरा कमन छन्, त्यसैले एकअर्कालाई राम्रोसँग सम्झन्छौँ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ४४ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना