सरकार र सीके राउतबीच भएको सहमतिप्रति शेखर कोइरालाको आपत्ति « Khabarhub

सरकार र सीके राउतबीच भएको सहमतिप्रति शेखर कोइरालाको आपत्ति


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकार र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीच भएको ११ बुँदे सहमतिप्रति आपत्ति जनाएका छन् ।

विद्रोही समूहलाई संविधान र राज्यको मूलधारमा ल्याइनु उपयुक्त भएपनि सहमतिको दोस्रो बुँदामा उल्लेखित ‘जनअभिमत’ शब्द राष्ट्रिय स्वाधीनता एवम् अखण्डताको विपक्षमा रहेको कोइरालाको भनाइ छ ।

सीके राउतसँग भएको सहमतिअनुसार नेपाली जनताले कुनै पनि हालतमा ‘जनअभिमत’ (जनमत संग्रह) स्वीकार गर्न नसक्ने कोइरालले जनाएका छन् ।

सीके राउतसँग भएको सहमतिमा दुवै पक्ष (सरकार र राउत)को नियतमा खोट देखिएको पनि कोइरालले बताए । ‘सहमतिको मसी सुक्न नपाउँदै जनकपुरमा सीक राउत समूहको जुन परिदृश्य देखियो त्यसले हामीलाई गम्भीर मात्रै बनाएको छैन, झस्काएको समेत छ,’ कोइरालाले भने, ‘दुवै पक्षबाट यसको अविलम्ब निदान हुन जरुरी छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ४९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया