एक महिनायताको हिमपातका कारण सयौं भेडाच्याङ्ग्रा र चौँरीगाई मरे « Khabarhub

एक महिनायताको हिमपातका कारण सयौं भेडाच्याङ्ग्रा र चौँरीगाई मरे


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ठिनी– पछिल्लो एक महिनायताको हिमपातका कारण मुस्ताङमा सयाै‌ं भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् ।

चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चाैँरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका छन् ।

मुस्ताङका विभिन्न लेकका खर्कमा आइतबारसम्म करीब एक हजार भेडाच्याङ्ग्रा र सयाैंको सङ्ख्यामा चौँरीगाई मृतावस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लोमान्थाङको चुम्जुङमा ङुटुक गुरुङले पालेका ४५० भेडाच्याङ्ग्रा, हिमा लामाको ६० वटा भेडाच्याङ्ग्रा, सोनाम गुरुङ, वाङ्दी गुरुङ, खुङ्गा गुरुङका ६० वटा चौँरीगाई, कोरला नाका नजिकैको खर्कमा ५२ वटा भेडाच्याङ्ग्रा मरेका छन् ।

घमी र समरको लेक, किमखर्कलगायतका ठाउँका गोठमा पालिएका भेडाच्याङ्ग्रा र चाैँरीगाई पनि मरेका छन् । बाक्लो हिउँ जमेकाले हिँडेर अन्यत्र लैजान नसकिएको, घाँस खान नपाएको र चिसोले वस्तुभाउ मरेका कृषक सोनाम गुरुङले बताए ।

उनका अनुसार वस्तुभाउ मर्ने क्रम निरन्तर जारी छ । माघ दोस्रो हप्तादेखि फागुन दोस्रो हप्तासम्म निरन्तर हिमपात भएको थियो । घरमा पालिएका वस्तुभाउलाई सुख्खा नल, पराल खुवाए पनि ठूलो सङ्ख्यामा व्यावसायिकरुपमा पालिएका भेडाच्याङ्ग्रा र चौँरीगाईलाई आहाराको अभाव भएको हो ।

सडकमा हिउँ जमेकाले उपल्लो मुस्ताङ यातायात सेवाबाट पनि सम्पर्क विच्छेद भएको छ । जिल्ला समन्वय समिति, स्थानीय तह र वडाका जनप्रतिनिधि तथा सुरक्षा निकायले हिउँले अवरुद्ध सडक खुलाउन र पशुधनको क्षति विवरण सङ्कलन शुरु गरेका छन् ।

तल्लो मुस्ताङको नमखु, मार्फा लेक र धौलागिरि चौँरीपालन समूहको खर्कमा पनि हिउँका कारण चौँरीगाईका बाच्छा, बाच्छी र भेडा, च्याङ्ग्राका पाठापाठी मरेका छन् ।

मुस्ताङबाट निर्वाचित प्रतिनिधि र प्रदेशसभाका सांसदले हिमपातका कारण अस्तव्यस्त र कष्टकर बनेको जनजीवनलाई सहज बनाउन तथा क्षति ब्यहोरेको कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ५९ बजे

सीमा विवादको प्रश्नमा कविन्द्रले भने- प्रधानमन्त्रीबाटै यसको जवाफ आउँछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका विषयमा

पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८

रविलाई स्वागत गर्दै भाजपा अध्यक्ष नितिन नवीनले के भने ?

काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा

कास्की– अन्नपूर्ण आरोहण दिवसका अवसरमा यही जेठ २० गते कास्कीको

वीरगञ्जका मेयर सिंहलाई चार लाख १५ हजार धरौटी लिएर रिहा गर्न आदेश

वीरगञ्ज- लिखतसम्बन्धी र दुईवटा विवरण पेश गरी नागरिकता लिएको कसुरमा