रुपन्देहीमा तरुण दलका कार्यकर्ताको हत्या « Khabarhub

रुपन्देहीमा तरुण दलका कार्यकर्ताको हत्या


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुपन्देहीको देवदहमा तरुणदलका एक कार्यकर्ताको हत्या भएको छ । उनको आइतबार राति गोली हानी हत्या भएको हो ।

देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको हत्या भएको देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिए।

मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ आउने क्रममा उनलाई अज्ञात समूहले पुरीलाई प्रहार गरेको थियो । स्थानीय पत्रकार राधेश्याम विश्वकर्माले दिएको जानकारी अनुसार पुरीलाई रडले हानेर हत्या गरिएको छ ।

आक्रमणबाट घाइते पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या गर्ने समूह र कारण खुलेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ११ : २५ बजे

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

राँझा– निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको