सीके राउतले जनकपुरमा गरेको प्रस्तुतिले प्रश्न उठायो : प्रचण्ड « Khabarhub

सीके राउतले जनकपुरमा गरेको प्रस्तुतिले प्रश्न उठायो : प्रचण्ड


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारसँग सम्झौता गरेपछि सीके राउत समूहले हिजो (आइतबार) जनपुरमा गरेको प्रर्दशनबाट प्रश्न उठेको बताएका छन् ।

आज (सोमबार) पोखरा पुगेका उनले पोखरा विमानस्थलमै सञ्चारकर्मीसँग कुरा गर्दै जनपुर प्रदर्शनबाट शंका गर्नुपर्ने केही ठाउँ देखिएको बताए । यस विषयमा आफू गम्भीर भएको र यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिहानै कुराकानी गरेको बताए ।

सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले भने, ‘जनकपुरमा भएको हिजोको प्रस्तुतीबाट केही प्रश्न त बनेको छ । मैले यो विषयमा प्रधानमन्त्रीसँग पनि कुरा गरे । प्रधानमन्त्रीले पनि व्यवहारिक रुपमा आफ्नो समूहलाई पूरानै टीम स्प्रीट अनुसार बुझाउनु पर्ने भएकाले जनकपुरको कार्यक्रम भएको हुनसक्ने बताउनुभएको छ । हामीले पनि हतारमा अनावश्यक टिप्पणी गर्नुपर्ने अवस्था छैन्।’

प्रचण्डले सरकारले देशमा शान्ति र अमनचयन कायम गर्न जस्तोसुकै कदम चाल्ने गरी काम गरिरहेको पनि बताए । सीके राउतसँग गरेको ११ बुँदे सहमति त्यसैको उदाहरण भएको उनको भनाई छ । सञ्चारमाध्यममा सीके राउतसँग भएको सहमतिका विषयमा भएको चर्चाको विषय कोट्याउँदै भने, ‘अहिलेको सबैभन्दा नयाँ भनेको तराईंमा पृथकतावादी आन्दोलन गरिरहेको समूहसँग भएको सम्झौतापछि बजारमा एक खालको चर्चा चलेको छ । बाहिर आएको जस्तो भित्र कुरा भएको छैन । राउत समूहलाई संवैधानिक व्यवस्था अनुसार मूलधारको राजनीतिमा ल्याउन सरकारले यो सहमति गरेको हो।’

विप्लवले ‘क्रान्ति’ पार लगाउन सक्दैनन्

प्रचण्डले आफूसँगै जनयुद्धमा होमिएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले क्रान्तिलाई पार लगाउन नसक्ने पनि दाबी गरेका छन् । विप्लवले आफ्नै स्कुलिङमा राजनीति गरेको बताउँदै उनले अहिले नयाँ समय आएको र विगतको जस्तो मानसिकताबाट क्रान्ति पार नलाग्ने बताए । उनले भने, ‘जनतासँग गएर जनतका मुद्धा अहिलेको राजनीतिक परिपार्टीबाटै हल गर्नुपर्छ । त्यसका लागि वार्ता र सम्वादको बाटो उपयुक्त हुन्छ । म आशावादी छु उहाँहरु पनि चाँडै नै मूलधारको राजनीतिमा आउनुहुनेछ ।’

अब चाँडै पार्टी एकता

प्रचण्डले नेकपालाई मजबुद बनाउन पार्टीले आन्तरिक गतिविधि अघि बढाइरहेको पनि बताए । उनले शीर्ष नेताबीच मन नमिलेर भन्दा पनि केही प्राविधिक विषय मिलाउनुपर्ने भएकाले पार्टीको एकता प्रक्रिया केही लम्बिएको बताए । उनले भने, ‘नेताहरुबीच समस्या भएर एकता प्रक्रिया ढिलो भएको भन्दा पनि कैयौ प्राविधिक कारण मिलाउनुपर्ने भएकाले ढिलो थोरै ढिलो भएको हो । अब केहीदिनभित्रै एकताका सम्पूर्ण कुरा टुंग्याउने योजनासहित हामीले काम गरिरहेका छौं ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १२ : ५१ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक