वर्षौंदेखि पसिना बगाउने किसान नै जमिनको मालिक बन्नुपर्छः अध्यक्ष प्रचण्ड | Khabarhub Khabarhub

वर्षौंदेखि पसिना बगाउने किसान नै जमिनको मालिक बन्नुपर्छः अध्यक्ष प्रचण्ड


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिका लागि नयाँ गतिका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।

राष्ट्रिय भूमि अधिकार मञ्चको पाँचौ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुकमा देखिएको भूमिसम्बन्धी समस्याको स्थायी समाधानका लागि सरकार क्रियाशील रहेको बताए । उनले वर्षौंदेखि जमिनमा रगत र पसिना बगाउने किसान जमिनको मालिक बन्नुपर्ने तर्क गर्दै लालपूर्जाविहीन किसानलाई अविलम्व लालपुर्जाको व्यवस्था गर्नुपर्ने बताए ।

उनले आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा भूमि सम्बन्धी समस्या समाधान गर्न पहल गरेको भएपनि राजनीतिक अस्थिरताका कारण समस्या समाधान हुन नसक्नु दुर्भाग्यपूर्ण भएको तर्क गरे । भूमि सम्बन्धमा नीतिगत व्यवस्था भएपनि कार्यन्वयनको पाटो चुनौतीपूर्ण रहेको र सरकार  कार्यन्वनका लागि क्रियाशील रहेको बताए ।

उनले वर्षौदेखि काम गरिरहेका लालपूर्जा विहीन किसानलाई लालपूर्जा दिने विषयमा सरकारले हस्ताक्षेप गरेरै भए पनि अघि बढ्नुपर्ने बताए । त्यस्तै सुकुम्बासीहरुको व्यवस्थापनका विषयमा विकल्प नहुन्जेलसम्म कम्तिमा परिचयपत्रसम्मको भए पनि व्यवस्था गर्नुपर्ने तर्क गरे ।

नेपालको आर्थिक समृद्धिको कुरा भूमिकसँग, भूमि सुधारसँग, भू–उपयोग नीतिसँग, कृषिको आधुनिकीकरणसँग जोडिएको हुँदा जमिनमा वर्षौदेखि खेतीपाति गर्नेहरु नै जमिनको मालिक बनाउनेबाटै शुरु हुने तर्क गरे । त्यसका लागि आफ्नो विशेष जिम्मेवारी र प्राथमिकता रहनेसमेत प्रतिवद्धता व्यक्त गरे । यदि यस्ता समस्या समाधान हुन सकेनन् भने सरकारको औचित्यसिद्ध हुन नसक्ने जिकिर गरे ।

उनले भने–‘पार्टीको नाम कम्युनिष्ट राख्दैमा जनताले मान्छन् भन्ने होइन, जबसम्म जनताका समस्या समाधान गर्न सकिंदैनन्, भूमिसँग सम्बन्धित समस्या सुल्झिदैनन् तबसम्म जनताले कम्युनिष्ट पार्टी भनेर बाँकी राख्दैनन् । यो विश्वमै देखिएको उदाहरण हो ।  जनताले दिएको अभिमतलाई कदर गर्नसक्नुपर्छ ।’

उनले राष्ट्रिय अधिवेशनले मुलुकमा बलियो सन्देश जानुका साथै भू उपयोगि नीति बनाउने तथा भूमी सुधार नीति वैज्ञानिक बनाउने विषयमा महत्वपूर्ण सावित हुने बताए ।

सोमबारदेखि शुरु भएको महाधिवेशन फागुन २९ गतेसम्म चल्ने छ । देशभरका करिव ५ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी महाधिवेशनले अगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ भने भुमिहीनहरुको अधिकार प्राप्तीका लागि नयाँ कार्ययोजना एवं रणनिति तय गर्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ३ : ४४ बजे

नेपाल हिन्दू राष्ट्र नहुनुमा भारतीय कांग्रेसको अहङ्कारी र वंशवादी नीति जिम्मेवार : भाजपा सांसद दुबे

काठमाडौं- भारतीय जनता पार्टी भाजपाका सांसद डा. निशिकान्त दुबेले नेपालको

म्याक्रोंले गलत बोले, म जी–७ बाट फर्किनु र इजरायल-इरान युद्धविरामबीच कुनै सम्बन्ध छैन : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडामा भएको जी–७ शिखर

सङ्घीय निजामती विधेयक आज पारित गरिँदै

काठमाडौँ – सरकारी कर्मचारी र प्रशासन क्षेत्रले महत्वका साथ पर्खिरहेको

लोकतान्त्रिक शासन प्रणालीमा न्यायालय

लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र, निष्पक्ष र विश्वसनीय न्याय व्यवस्था हो। जब

सबैलाई चकित पार्दै जी–७ सम्मेलन छाडेर अमेरिका फर्किए ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा जारी जी–७ सम्मेलनमा सबैलाई