किम जोङ नामको हत्या आरोपी युवती रिहा « Khabarhub

किम जोङ नामको हत्या आरोपी युवती रिहा


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजुको हत्या अभियोगमा जेलमा रहेकी युवतीलाई रिहा गरिएको छ । सन् २०१७ को फेब्रुअरी महिनामा मलेशियाको राजधानी क्वालालम्पुरमा हत्या गरिएका किम जोङ नामको हत्या अभियोगमा इण्डोनेसियाकी २६ वर्षीया युवती सिती आइशालाई मलेशियाका अधिकारीले रिहा गरेका हुन् ।

मलेशियाका अभियोजनकर्ताले उनीमाथिको अभियोग फिर्ता लिएपछि उनलाई रिहा गरिएको हो । रिहा भएलगत्तै उनलाई जेलबाट रिहा गरी क्वालालम्पुरस्थित इण्डोनेशियाको दूतावासतर्फ पठाइएको छ । रिहा भएलगत्तै आइशाले संक्षिप्त प्रतिक्रिया दिँदै हर्षित भएको तथा जेलमा आफूसँग राम्रो व्यवहार गरिएको र आफू स्वस्थ रहेको जनाएकी छिन् । उनको पक्षबाट अदालतमा मुद्दा लडेका वकिलले उनलाई फसाइएको तर्क गर्दै आएका थिए ।

सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको सन् २०१७ मा क्वलालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिबन्धित भीएक्स नर्भ विषाक्त रसायन प्रयोग गरी हत्या गरिएको थियो । विमानस्थलमा किम जोङ नामको अनुहारमा दुई युवतीले भीएक्स नर्भ दलेर हत्या गरेका थिए ।

ती युवतीलाई उत्तर कोरियाका गुप्तचरहरुले रियालिटी टेलिभिजन शोका लागि प्राङ्याक गर्न भन्दै फकाएर किम जोङ नामको अनुहारमा भीएक्स नर्भ दल्न लगाएका थिए । अनुहारमा भीएक्स नर्भ दलेको केही समयलगत्तै किम जोङ नामको मृत्यु भएको थियो ।

हत्यामा संलग्न रहेको अभियोगमा भियतनामकी अर्की ३० वर्षे युवती डुआङ थी हुओङ अझै जेलमा छिन् । अदालतमा वकिलहरुले उनलाई पनि रिहा गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ४ : १९ बजे

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र