किम जोङ नामको हत्या आरोपी युवती रिहा « Khabarhub

किम जोङ नामको हत्या आरोपी युवती रिहा


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजुको हत्या अभियोगमा जेलमा रहेकी युवतीलाई रिहा गरिएको छ । सन् २०१७ को फेब्रुअरी महिनामा मलेशियाको राजधानी क्वालालम्पुरमा हत्या गरिएका किम जोङ नामको हत्या अभियोगमा इण्डोनेसियाकी २६ वर्षीया युवती सिती आइशालाई मलेशियाका अधिकारीले रिहा गरेका हुन् ।

मलेशियाका अभियोजनकर्ताले उनीमाथिको अभियोग फिर्ता लिएपछि उनलाई रिहा गरिएको हो । रिहा भएलगत्तै उनलाई जेलबाट रिहा गरी क्वालालम्पुरस्थित इण्डोनेशियाको दूतावासतर्फ पठाइएको छ । रिहा भएलगत्तै आइशाले संक्षिप्त प्रतिक्रिया दिँदै हर्षित भएको तथा जेलमा आफूसँग राम्रो व्यवहार गरिएको र आफू स्वस्थ रहेको जनाएकी छिन् । उनको पक्षबाट अदालतमा मुद्दा लडेका वकिलले उनलाई फसाइएको तर्क गर्दै आएका थिए ।

सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको सन् २०१७ मा क्वलालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिबन्धित भीएक्स नर्भ विषाक्त रसायन प्रयोग गरी हत्या गरिएको थियो । विमानस्थलमा किम जोङ नामको अनुहारमा दुई युवतीले भीएक्स नर्भ दलेर हत्या गरेका थिए ।

ती युवतीलाई उत्तर कोरियाका गुप्तचरहरुले रियालिटी टेलिभिजन शोका लागि प्राङ्याक गर्न भन्दै फकाएर किम जोङ नामको अनुहारमा भीएक्स नर्भ दल्न लगाएका थिए । अनुहारमा भीएक्स नर्भ दलेको केही समयलगत्तै किम जोङ नामको मृत्यु भएको थियो ।

हत्यामा संलग्न रहेको अभियोगमा भियतनामकी अर्की ३० वर्षे युवती डुआङ थी हुओङ अझै जेलमा छिन् । अदालतमा वकिलहरुले उनलाई पनि रिहा गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ४ : १९ बजे

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग