अमेरिकी सेनाको शिविर नजिकै थियो तालिबान नेता ओमरको बास ! « Khabarhub

अमेरिकी सेनाको शिविर नजिकै थियो तालिबान नेता ओमरको बास !


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकू समूह तालिबानका पूर्व प्रमुख मुल्लाह ओमर अफगानिस्तानमा अवस्थित अमेरिकी सैनिक शिविरनजिकै बसेको खुलासा भएको छ ।

नेदरल्याण्ड्सकी पत्रकार बेटे डामले लेखेको ओमरको जीवनीमा आधारित पुस्तकमा ओमर अफगानिस्तानको जाबुल प्रान्तमा रहेको अमेरिकी सैनिक शिविरबाट केबल तीन माइल टाढा बसेको उल्लेख छ ।

डामले लेखेको ‘ओप जोएक नार दे विजान्द’ नामक पुस्तकमा यसअघि बताइएजस्तो ओमर पाकिस्तानमा कहिल्यै लुकेर नबसेको समेत उल्लेख छ ।

डामले पुस्तक लेखनका लागि आफूले अफगानिस्तानमा ५ वर्षसम्म तालिबानका लडाकु तथा नेताहरुको अन्तरवार्ता लिएको बताउँछिन् ।

उक्त पुस्तक डच भाषामा एक महिना अघि प्रकाशित भएपनि अङ्ग्रेजी भाषामा हालैमात्र अनुवाद भएको थियो ।

डामका अनुसार अमेरिकी सेनाले एकपटक ओमर बसेको भवनमा छापा मारे पनि उनलाई पक्राउ गर्न नसकेको रोयटर्सले लेखेको छ ।

मुल्लाह ओमरको नेतृत्वमा तालिबानले सन् १९९६ देखि सन् २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणमा संलग्न अल कायदाका आतंकवादी नेता ओसामा बिन लादेनलाई शरण दिएको भन्दै अमेरिकाले अफगानिस्तानमा सैनिक आक्रमण गरेपछि तालिबानको शासन पतन भएको थियो ।

सन् २०१५ मा तालिबानले विज्ञप्ति जारी गर्दै ओमरको दुई वर्षअघि नै मृत्यु भएको स्वीकार गरेको थियो । ओमरका जेठा छोरा मोहम्मद याकुबले आफ्ना बाबुको ‘हेपाटाइटिस– सी’ रोगबाट अफगानिस्तानमा नै मृत्यु भएको पुष्टि गरेका थिए ।

यता अफगान सरकारले भने ओमर पाकिस्तानमै लुकेर बसेको र उनी त्यहिँ मारिएको जनाएको छ । अफगान राष्ट्रपति अशरफ घानीका प्रवक्ता हारुन चखानसुरीले ट्विट गर्दै ओमर पाकिस्तानमा नै लुकेर बसोबास गरेको र उनी त्यहीँ मारिएको आफगान सरकारसँग प्रमाण रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ४ : ४३ बजे

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को