११ शिशुको मृत्युसँगै ट्युनिशियाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा « Khabarhub

११ शिशुको मृत्युसँगै ट्युनिशियाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्युनिशिया– २४ घण्टाको अवधिमा ट्युनिशियाको राजधानी ट्युनिशमा रहेको एक अस्पतालमा ११ शिशुको मृत्यु भएपछि ट्युनिशियाका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् ।

अस्पतालमा छोटो समयमा शिशुको रहस्यमय हिसाबमा मृत्यु भएपछि मुलुकका स्वास्थ्यमन्त्री अब्देल रउफ अल शरिफले राजीनामा दिएका हुन् । शिशुहरुको मृत्यु हुनुको कारणबारे अनुसन्धान भइरहेको र रगतमा संक्रमणका कारण शिशुहरुको मृत्यु भएको हुनसक्ने बताइएको छ ।

सन् २०११ मा भएको अरब स्प्रिङ नामक क्रान्तिपछि तत्कालीन शासक जिन अल अबिलिन बेन अलीको शासन समाप्त भएसँगै त्यहाँ सार्वजनिक सेवाको गुणस्तरमा ह्वात्तै कमी आएको बताइन्छ ।

ट्युनियशयाको सार्वजनिक सेवा तथा प्रशासनमा ठूलो मात्रामा भ्रष्टाचारको समस्या समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बताउँछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : ०० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२