इजिप्टको सैन्य कारबाहीमा ४६ लडाकु मारिए | Khabarhub Khabarhub

इजिप्टको सैन्य कारबाहीमा ४६ लडाकु मारिए


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजिप्ट– इजिप्टको सेनाले मुलुकको सिनाई प्रायद्विपमा गरेको सुरक्षा कारवाहीमा ४६ जना ‘धेरै खतरनाक’ इस्लामिक अतिवादी मारिएका छन् ।
‘पछिल्लो समय’ इजिप्तको सेनाले सिनाई प्रायद्विपको उत्तर तथा मध्य क्षेत्रमा गरेको सैनिक कारवाहीमा ४६ जना ‘अति नै खतरनाक’ इस्लामिक अतिवादी मारिएको इजिप्टको सेनाले सोमबार जनाएको हो ।

यद्यपि सेनाले सैनिक कारवाही गरेको मिति तथा स्थानबारे भने केही खुलाएको छैन । त्यसबाहेक सैनिक कारवाहीका क्रममा अरु १ सय भन्दा धेरै संदिग्ध लडाकुलाई पक्राउ गरिएको, २ सयभन्दा धेरै विष्फोटक सामग्री बरामद गरिएको तथा २० भन्दा धेरै कार तथा अन्य सवारी साधन नियन्त्रणमा लिइएको जनाइएको छ ।

इजिप्टको सेनाले सन् २०१८ को फेब्रुअरी महिनायता सिनाई प्रायद्विप तथा मुलुकका अन्य क्षेत्रमा सक्रिय रहेको भनिएका इस्लामिक अतिवादीविरुद्ध सैनिक कारवाही गर्दै आएको छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले भने सेनाको सैनिक कारवाहीमा मानवअधिकार हनन्का विभिन्न घटना हुने गरेको र त्यसमा सेनाको हात रहने गरेको भन्दै आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : १३ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको