इजिप्टको सैन्य कारबाहीमा ४६ लडाकु मारिए « Khabarhub

इजिप्टको सैन्य कारबाहीमा ४६ लडाकु मारिए


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजिप्ट– इजिप्टको सेनाले मुलुकको सिनाई प्रायद्विपमा गरेको सुरक्षा कारवाहीमा ४६ जना ‘धेरै खतरनाक’ इस्लामिक अतिवादी मारिएका छन् ।
‘पछिल्लो समय’ इजिप्तको सेनाले सिनाई प्रायद्विपको उत्तर तथा मध्य क्षेत्रमा गरेको सैनिक कारवाहीमा ४६ जना ‘अति नै खतरनाक’ इस्लामिक अतिवादी मारिएको इजिप्टको सेनाले सोमबार जनाएको हो ।

यद्यपि सेनाले सैनिक कारवाही गरेको मिति तथा स्थानबारे भने केही खुलाएको छैन । त्यसबाहेक सैनिक कारवाहीका क्रममा अरु १ सय भन्दा धेरै संदिग्ध लडाकुलाई पक्राउ गरिएको, २ सयभन्दा धेरै विष्फोटक सामग्री बरामद गरिएको तथा २० भन्दा धेरै कार तथा अन्य सवारी साधन नियन्त्रणमा लिइएको जनाइएको छ ।

इजिप्टको सेनाले सन् २०१८ को फेब्रुअरी महिनायता सिनाई प्रायद्विप तथा मुलुकका अन्य क्षेत्रमा सक्रिय रहेको भनिएका इस्लामिक अतिवादीविरुद्ध सैनिक कारवाही गर्दै आएको छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले भने सेनाको सैनिक कारवाहीमा मानवअधिकार हनन्का विभिन्न घटना हुने गरेको र त्यसमा सेनाको हात रहने गरेको भन्दै आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : १३ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले