अधिकारीको १३ औं दिनको पुण्यतिथिमा रसाएका आँखा « Khabarhub

अधिकारीको १३ औं दिनको पुण्यतिथिमा रसाएका आँखा


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका रवीन्द्र अधिकारीको १३ औं दिनको पुण्य तिथिमा सहभागी अधिकांशका आँखा रसाए । स्व. अधिकारीकोे जन्म घर भरतपोखरी गैह्रागाउँ जमुनाबोटकी ९० वर्षीया डल्लुमाया बरालले आँखाभरि आँशु बनाउँदै अधिकारीलाई सम्झिइन् ।

कोही टोलाइरहेका थिए । कोही अधिकारीको तस्वीर हेरिरहेका थिए त कोही अधिकारी पत्नी र छोराहरु हेरेर भावुक बनेका थिए ।श्रद्धाञ्जलीसभामा प्रदेशसभा सदस्य कृष्ण थापाले आफूले बोकेको विचार जनतासमक्ष पुर्‍याउन सक्ने प्रभावशाली व्यक्तित्व अधिकारी रहेकोमा स्मरण गरे । उनले स्व. अधिकारीको सपना अब आफूहरुको काँधमा आएको र जीवनलाई खेर जान दिनु नहुने बताए ।

नेकपा कास्कीका नेता दामोदर वैरागीले समृद्ध नेपालको सपना बोकेर साझा नेताको छवि बनाएका अधिकारीजस्तो नेताको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताए ।

श्रद्धाञ्जलिसभामा नेकपा वडा पार्टी संयन्त्रका संयोजक गुरुप्रसाद क्रान्तिकारी, गोपाल पुन,लगायतले गाउँको शिक्षा, स्वास्थ्य र विकासमा कटिबद्ध भएर जनआकाङ्क्षा बुझ्ने नेता गुमाउँदा गाउँ नै टुहुरो हुन पुगेको अनुभूति भएको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ४० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल