पञ्चावविरुद्ध मुम्बइको रोमाञ्चक जीत « Khabarhub

पञ्चावविरुद्ध मुम्बइको रोमाञ्चक जीत


२८ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा वेष्ट इन्डिजका खेलाडी किरोन पोलार्डको उत्कृष्ट ब्याटिङले मुम्बई इन्डियन्सले किङ्स ११ पञ्जावविरुद्ध जीत हात पारेको छ ।

बुधबार राति भएको खेलमा मुम्बईले पञ्जावलाई ३ विकेटले पराजित गर्ने क्रममा पोल्र्डाले ८१ रनको योगदान गरे । टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जावले २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १सय९७ रन बनाएपछि मुम्बईले १ सय ९८ रनको लक्ष्य पाएको थियो ।

१ सय ९८ को लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । मुम्बईका लागि ३१ बल खेलेका पोलार्डले १० छक्का र ३ चौकाको मद्दतमा ८१ रन बनाएका थिए । त्यस्तै, मुम्बईका अन्य ब्याट्सम्यानहरुमा क्वीन्टन डि ककले २४ रन, सुर्यकुमार यादवले २१ रन बनाए । यस्तै, मुम्बईविरुद्ध पञ्जावका बलर मोहम्मद शामीले ३ विकेट लिए ।

यसअघि पहिलो व्याटिङ गरेको पञ्जावका लागि ओपनिङ ब्याट्सम्यान केएल राहुलले अविजित रहँदै शतक पुरा गरेका थिए । उनले ६४ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा सय रन पुरा गरेका थिए भने अर्का ओपनिङ ब्याट्सम्यान क्रिस गेलले ६३ रन बनाएका थिए । उनले ३७ बलमा ७ छक्का र ३ चौका प्रहार गरेका थिए ।

यो सिजनको आईपीएलमा राहुलले आफ्नो पहिलो शतक बनाए पनि टिमको जीतका लागि भने प्रयाप्त हुन सके । पञ्जावविरुद्ध मुम्बईका हार्दिक पाण्ड्उाले २ तथा जप्रित बुम्राह र जासन बेहरेन्डोफले समान एक-एक विकेट लिए । जीतसँगै मुम्बईको ८ अंक भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  ६ : ३९ बजे

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान