युनाइटेडका शाको उपहार गोलमा बार्सिलोना विजयी « Khabarhub

युनाइटेडका शाको उपहार गोलमा बार्सिलोना विजयी


२८ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस महारथि बार्सिलोनाले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडमाथि साघुँरो जीत हात पारेको छ । वल्ड ट्राफोर्डमा भएको खेलमा बार्सिलोनाले युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

हजारौं दर्शकमाझ आफ्नो घरेलु मैदानमा भएको खेलमा युनाइटेडले बार्सिलोनासँग सम्हालीएर खेलेको थियो । ट्राफोर्डमा बार्सिलोनासँगको सातौं भेटमा युनाइटेडले तेस्रो पटक बार्सिलोनालाई खेल सुम्पिएको हो । बार्सिलोनाको जीतका लागि युनाइटेडका लुका शाले गरेको आत्मघाती गोल निर्णायक बन्यो ।

युनाइटेडविरुद्ध बार्सिलोनाका स्टाइकर तथा कप्तान लियोनल मेस्सी तथा लुइस स्वारेजले आक्रामक खेलेपनि अन्तिम समयसम्म पनि गोल गर्न सकेका थिएनन् । तर, खेलको १२ औं मिनेटमा शाले गरेको आत्मघाती गोल उपहार पाएको बार्सिलोनाले पहिलो लेग जीतेको हो ।

पराजित युनाइटेडले बार्सिलोनाविरुद्ध पटक-पटक गोल अवसर सिर्जना गरेपनि गोल हुन नसक्दा पराजित हुनुपरेको प्रशिक्षक ओले गनर सोल्सायरले बताएका छन् ।

‘पहिलो हाफमा हामी केही नर्भस भएपनि बार्सिलोनाले गोल गरीसकेकपछि युनाइटेडले व्यवस्थीत र टिम सेट भएर राम्रो खेलेको थियो,’ उनले बीबीसीसँग खेलपछि बोल्दै भने,‘बार्सिलोनाविरुद्ध हाम्रो मिडफिल्डमा खेलाडीहरुले व्यक्तिगत राम्रो प्रदर्शन देखाए । मेस्सी र स्वारेजको बल गोल हुँदा यो अचानक लुका शाको खुट्टामा लाग्न पुग्यो । तर, पनि हामी अझै तालिकामा छौं । नाउ क्याम्पामा दोस्रो लेगबाट खेलमा फर्किन सक्छौं ।’

यस्तै, विजयी टोलीका प्रशिक्षकले खेल प्रतिस्पर्धात्मक भएपनि नतिजा आफ्नो पक्षमा परेको भन्दै खुसी व्यक्ति गर्दै दोस्रो लेगमा अझै राम्रो गर्ने बताएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  ७ : ३३ बजे

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध प्रदर्शन

काठमाडौं– लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

कसरी भइरहेकाे छ एनपीएल उद्घाटनको तयारी ? सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आज सुरु

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती

काराकस– भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट