च्याम्पियन्स लिगमा रोनाल्डोको १२५ गोल « Khabarhub

च्याम्पियन्स लिगमा रोनाल्डोको १२५ गोल


२८ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-च्याम्पियन्स लिगको अर्को खेलमा इटालीयन महारथि युभेन्टसले डच फुटबल क्लब आयाक्ससँग बराबरी खेलेको छ । आयाक्सको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले आयाक्ससँग १-१ गोल बराबरी खेल्यो ।

विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले खेलको ४५ औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा १-० को अवस्थामा पुर्‍याएका थिए ।

यस्तै, युनाइटेडविरुद्ध पहिलो हाफमा पछि परेको घरेलु टोली आयाक्सका लागि डेभिड नरेसले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । उनले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफको शुरुवातदेखि नै खेल १-१ को बराबरीमा रहेपनि युभेन्ट्सका खेलाडीहरुले गोल गर्न नसक्दा बराबरी खेल्नु परेको हो । अब युभेन्ट्स र आयाक्सले अप्रिल १६ मा युभेन्ट्सको घरेलु मैदानमा दोस्रो लेगमा प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियन्स लिगका सफल खेलाडी रोनाल्डोले आयाक्सविरुद्ध एक गोल गरेसँगै उनको च्याम्पियन्स लिगमा १२५ गोल पुरा भएको छ । रोनाल्डोले म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्ट्स गरी तीनवटै क्लबबाट गरी १२५ गोल गरेका हुन् ।

च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका रोनाल्डोसँगै अर्का स्टार खेलाडी बार्सिलोनाका कप्तान लियोनल मेस्सी रोनाल्डोभन्दा १७ गोलले पछि छन् । मेस्सीको नाममा च्याम्पियन्स लिगमा १०८ गोल छ ।

कसको नामका कति गोल

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  ७ : ४५ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट