कारको ठक्करबाट युवकको मृत्यु « Khabarhub

कारको ठक्करबाट युवकको मृत्यु


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी- मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट गए राति मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको को१५प ९९७८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी र पछाडि सवार २२ वर्षकै हेम चौधरी गम्भीर घाइते भई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो ।

उपचारको क्रममा मोटरसाइकल पछाडि सवार हेम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ९ : ३६ बजे

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, ६ चालक दलका सदस्यको मृत्यु

एजेन्सी– इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन

औषधि उद्योगमा सम्भावना ठूलो, नीतिगत चुनौती कायमै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा दशौँ ‘फर्मा एक्स्पो’ जारी छ । फागुन

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

झापा– पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय

इलामका बगानमा चिया टिप्ने चटारो

इलाम– इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको