कोरिया रोजगारी : महिलाको आकर्षण बढ्यो, भाषा परीक्षा पास गर्ने ९ हजार जानै पाएनन् « Khabarhub

कोरिया रोजगारी : महिलाको आकर्षण बढ्यो, भाषा परीक्षा पास गर्ने ९ हजार जानै पाएनन्


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पछिल्लो समय कोरियन भाषा परीक्षा पास गरेर रोजगारीका लागि करिया जाने नेपाली महिलाको संख्या बढ्दै गएको छ । सन् २००८ यता इपीएस भाषा परीक्षा उत्तीर्ण गरी ३ हजार ५ सय ४५ जना महिला रोजगारीका लागि कोरिया पुगेको वैदेशिक रोजगार इपिएस कोरिया शाखाको तंथ्याकमा उल्लेख छ ।

सन् २००८ मा पहिलो वर्ष ८१ जना महिला दक्षिण कोरिया रोजगारीका लागि पुगेका थिए । यो संख्या बढेर २०१९ मा आईपुग्दा ३ सय ५ सय ४५ पुगेको शाखाले जानकारी दिएको छ । गएको एक दशकमा इपिएस प्रणालीमार्फत ५९ हजार ६ सय ९८ जना कोरिया रोजगारीका लागि पुगेका शाखाको तंथ्याकमा उल्लेख गरिएको छ । जसमा महिलाको संख्या पनि उल्लेख भएको देखिन्छ । रोजगारीका लागि पुगेका ५९ हजार ६ सय मध्ये हाल कोरियामा करिब ४० हजार नेपाली कार्यरत रहेको शाखाले जानकारी दिएको छ ।

सन् २००८ मा २ हजार ७६ सय ३३ पुरुष र ८१ महिला गरी २ हजार ८ सय १४ जना कोरियन भाषा पास गरी कोरिया पुगेका थिए । सन् २००९ मा भने कोरिया जाने कामदारको संख्या घटेको थियो । यो वर्ष १ हजार ८ सय पुरुष र ६४ जना महिला गरी जम्मा १ हजार ९ सय ११ जना कोरिया गएको शाखाले जनाएको छ । सन् २०१० देखि यो संख्या निरन्तर वृद्धि हुँदै आएको छ । यो वर्ष १ हजार ९ सय पुरुष र ४ सय २२ महिला गरी २ हजार ३ सय ३९ जना कोरिया गए ।

यस्तै, २०११ मा ३ हजार ८ सय ४६ पुरुष र १ सय ३७ महिला गरी ३ हजार ९ सय ८३ जना कोरिया रोजगारीमा गएको शाखाको तंथ्याकमा छ । सन् २०१२ मा ६ हजार ३ सय ३२ जनामा १ सय ३७ जना, सन् २०१३ मा ५ हजार ४६ जनामा १ सय ८३ जना महिला, सन् २०१४ मा ६ हजार २८ जनामा ४ सय ४१ जना महिला, २०१५ मा ५ हजार ८ सय ६६ जनामा ४ सय ६ जना महिला, २०१६ मा ८ हजार ७९ जनामा ५ सय ७८ महिला, २०१८ मा ७ हजार ८ सयमा ३ सय ७६ महिला र २०१९ मा ९ सय ८३ जनामा ५८ जना महिला रोजगारीका लागि कोरिया गएको शाखाको तंथ्याकमा उल्लेख छ । सन् २०१६ मा सबैभन्दा बढी ५ सय ७८ जना महिला दक्षिण कोरिया रोजगारीका लागि गएका थिए ।

कोरियाको रोजगारीप्रति पछिल्लो समय महिला आकर्षण बढदै गएको शाखाका प्रमुख कृष्णप्रसाद खनालले बताए छन् । इपिएस प्रणालीमार्फत कोरिया सरकारले नेपाली कामदारको कोटा वार्षीक रुपमा बृद्धि गरिरहेको शाखा प्रमुख खनालले बताए । उनले भने, ‘नेपाली महिलाका लागि कोरिया सुरक्षित भएका कारण पनि उनीहरूको रोजाईमा कोरिया पर्ने थालेको हो । विगत केही वर्षदेखि नेपाली महिलाको रोजगाइमा कोरियाको रोजगार पर्ने थालेको छ ।’ सन २०१२ देखि कोरिया सरकारले नेपालका लागि कोटा वृद्धि गरिरहेको उनको भनाइ छ ।

कोरियाको रोजगारी नेपाली युवाका लागि आकर्षक बन्दै गएकाले नेपाल सरकारले पनि कोटा वृद्धि गर्न पहल गरिरहेको शाखा प्रमुख खनालले जानकारी दिए ।

कोरियाली रोजगारदाताका नजरमा नेपाली कामदार इमान्दार, मेहेनती र अवैधानिक बस्नेको संख्या कम हुदाँ अन्य देशको कोटा काटेर भएपनि नेपालका लागि कोटा बढाइरहेको शाखाले जानकारी दिएको छ ।

भाषा पास गर्ने कोरिया जान पाएनन

सरकारीस्तरमा श्रम सम्झौता गरी सन् २००८ बाट इपिएस प्रणालीमार्फत नेपाली कामदार कोरिया जान थालेका थिए । सन् २००८ देखि २०१६ को बीचमा कोरियन भाषा परीक्षा पास गरेपनि ९ हजार ४ सय रोजगारीका लागि कोरिया जान अयोग्य ठहर भएको शाखाले जानकारी दिएको छ ।

२००८ देखि २०१९ सम्ममा जम्मा ६९ हजार ९८ जनाले इपीएस भाषा परिक्षा उत्तीर्ण गरेमा ५९ हजार ६ सय ९८ जना रोजगारीका लागि कोरिया पुगेको शाखाले जानकारी दिएको छ । जसमा भाषा परिक्षा उत्तीर्ण गरेपनि सम्झौता पत्र समयमा नआउदाँ उनीहरु जान नपाएको शाखाले जनाएको छ । भाषा पास गरेको दुई वर्षभित्र कोरिया नपुगे उनीहरुको जान पाउँदैनन् । यसरी भाषा पास गरेपनि समयमा भिसा नआए सोही तह खारेज हुने व्यवस्था छ ।

कोरियाले नेपालसहित १६ देशबाट कामदार आपूर्ति गर्दै आइरहेको छ । अन्य देशका तुलनामा अवैधानिक भई कोरिया बस्ने नेपाली कामदारको संख्या कम भएको, लगनशील र इमान्दार भएका कारण कोरियाले समेत नेपाली कामदारलाई प्राथमिकता दिँदै आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ७ : ०५ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा