गुल्मीमा जिप दुर्घटना– पूर्व सांसदसहित दुई जनाको मृत्यु « Khabarhub

गुल्मीमा जिप दुर्घटना– पूर्व सांसदसहित दुई जनाको मृत्यु


२८ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको मुसिकोट नगरपालिकामा बिहीवार बिहान जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र एक बालकको मृत्यु भएकोछ भने अन्य आठ घाइते भएका छन् ।

धुर्कोट गाउँपालिका–५ निवासी भण्डारी नेपाली कांग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट २०४८ मा प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ६५ वर्षीय भण्डारी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत थिए । त्यसैगरी मालिका गाउँपालिका–१ का आठ वर्षीय वस्कर विश्वकर्माको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए ।

मालिका गाउँपालिकाअन्तर्गत दर्लिङबाट बिहान सदरमुकाम तम्घासका लागि छुटेको लु१ज १९५७ नंको उक्त जिप बिहान ९ बजे मुसिकोट नगरपालिका–१ अन्तर्गत चैनडाँडा भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये चारको वामीटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने अन्य चार जनालाई गुल्मी अस्पताल तम्घास ल्याइँदै गरिएको छ ।

पूर्वसांसद भण्डारी बुधबार मालिका गाउँपालिकाअन्तर्गत घमिरमा दलित सङ्घका जिल्ला उपाध्यक्ष टेकबहादुर विश्वकर्माको श्रद्धाञ्जलि कार्यक्रममा गएका थिए थियो । जिप घुम्तीमा मोड्ने क्रममा दुर्घटना हुँदा सडकवाट करिब २०० मिटर तल खसेको स्थानीयवासी मोहन घिमिरेले जानकारी दिए । दुर्घटनामा जिप चालकसमेत गम्भीर घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  ११ : ०४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर