सुमार्गीको ‘अवैध’ रकमबारे सर्वोच्चमा सुनुवाइ, आजै फैसला आउने « Khabarhub

सुमार्गीको ‘अवैध’ रकमबारे सर्वोच्चमा सुनुवाइ, आजै फैसला आउने


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतले विवादित व्यवसायी अजयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिको अवैध भनिएको रकमबारे आज (बिहीबार) फैसला सुनाउने भएको छ ।

मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले नेपाल राष्ट्र बैंकसमेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सार्वेच्चले बिहीबार फैसला सुनाउन लागेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरण राणा र न्यायाधीश वमकुमार श्रेष्ठको चैत ४ गतेको इजलाशले बिहीबार (चैत २८ गते) फैसला सुनाउने मिति तय गरेको थियो ।

बिहीबार प्रधानन्यायाधीश राणा र न्यायाधीश श्रेष्ठको इजलाशले व्यवसायी सुमार्गीको अवैध भनिएको रकमबारे फैसला सुनाउन लागेको हो ।

मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले गत पुस ३ गते दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका तत्कालीन न्यायाधीश दीपकराज जोशीको पुस १० को इजलाशले मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिजमा विदेशबाट आएको लगानी नरोक्न नेपाल राष्ट्र बैंकको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

जोशीको आदेशपछि प्रधानन्यायाधीश राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिजका नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन पुस २४ गते अर्को आदेश जारी गरेको थियो ।

जोशीको इजलाशले आदेश जारी गरेपछि सुमार्गीले पुस २१ गते इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ मिलियन अमेरिकी डलर (करिब ८४ करोड रुपैयाँ) अन्य बैंकहरुमा सारिसकेका छन् । सर्वोच्चले रकम फिर्ता ल्याउन अर्को आदेश जारी गरेपनि सुमार्गीले रकम भने फर्काएका छैनन् ।

व्यवसायी सुमार्गीले वैदेशिक लगानी भनेर भित्र्याउन खोजेको अर्को रकमको मुद्दा समेत पूर्ण सुनुवाइका लागि बिहीबार सर्वोच्चको पेशीमा चढाइएको छ ।

सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालिका नाममा ल्याउन लागिएको २ करोड १४ लाख ६५ हजार अमेरिकी (करिब २ अर्ब ८२ करोड १० लाख रुपैयाँ) राष्ट्र बैंकले रोकिदिए पछि सर्वोच्चमा रिट दायर भएको थियो ।

नेपाल स्याटेलाइट टेलिकम प्रालिका तर्फबाट सुभाष चन्द्र पौडेलले दायर २१ माघ २०७४ मा दायर गरेको रिटमाथि यसअघि १० पटक सुनुवाइ भइसकेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ११ : ५४ बजे

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ