केपीएलको दोस्रो संस्करण वैशाख १२ देखि शुरु हुने | Khabarhub Khabarhub

केपीएलको दोस्रो संस्करण वैशाख १२ देखि शुरु हुने


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सुर्खेत– कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेट प्रतियोगिताको  दोस्रो संस्करण वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ ।

कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वीरेन्द्रनगरस्थित कालुन्चोक क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । आयोजकले प्रतियोगितामा सहभागी हुने टिमको नाम छनोट गरिसकेको छ ।

एकेडेमीका अध्यक्ष जीवन शाहीले तीन विभागीयसहित अन्य प्रतिष्ठित क्लबको सहभागिता रहने जानकारी दिए ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफका साथै कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लालीगुराँस क्रिकेट एकेडेमी झापा, मध्यपश्चिम क्रिकेट बाँके र हिमालयन क्रिकेट एकेडेमी काठमाडौँले सहभागिता जनाउने भएका छन् ।

आयोजक संस्थाले मैदानको स्तरोन्नति गर्नुका साथै आवश्यक व्यवस्थापकीय तयारी गरिरहेको जनाएको छ । केपीएलको पहिलो संस्करण गत वर्ष सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  १२ : ४७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता