सुरक्षा खतराको सामना गर्न सेना तयार रहनुपर्छ : प्रधानमन्त्री ओली « Khabarhub

सुरक्षा खतराको सामना गर्न सेना तयार रहनुपर्छ : प्रधानमन्त्री ओली


२८ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौतीको सामना गर्न नेपाली सेना सदैव तयार रहनुपर्ने बताएका छन् ।

बिहीबार भक्तपुरको खरिपाटीमा आयोजित सैनिक अधिकृतहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यमान सुरक्षा चुनौतीको सामना गर्न सेना तयार रहनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको उल्लेख गर्दै खण्डित भूगोललाई एकीकृत गरी सेनाले निपाल निर्माण गरेको बताए ।

लामो अस्थिरतापछि देश अहिले स्थायित्व, सुदृढ व्यवस्था र तीब्र विकासको बाटोमा अगाडि बढिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य रहेको समेत बताए ।

प्रधानमन्त्री ओलीले विद्यमान तथा भविष्यमा समेत उत्पन्न हुनेसक्ने विविध सुरक्षा खतराबारे सेना चनाखो हुनुपर्ने बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  १ : २५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ