प्रदेशले सार्वजनिक बिदा घोषणा गर्दा संघका कार्यालयमा पनि लागू हुने « Khabarhub

प्रदेशले सार्वजनिक बिदा घोषणा गर्दा संघका कार्यालयमा पनि लागू हुने


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रदेश सरकारले घोषणा गरेको बिदा संघ सरकार मातहतका कार्यालयमा समेत लागू हुने भएको छ ।

मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले बिदा दिँदा संघ सरकार मातहतका कार्यालयमा समेत बिदा हुने निर्णय गरेको हो ।

यसअघि प्रदेशले सार्वजनिक बिदा दिँदा पनि प्रदेशअन्तर्गत रहेका संघ सरकार मातहतका कार्यालय भने सञ्चालनमा रहन्थे । जसका कारण सार्वजनिक बिदाको विषयमा संघ र प्रदेश सरकारबीच विवाद रहँदै आएको थियो ।

मन्त्रिपरिषद बैठकले प्रदेश सरकारले ६ दिन छुट्टै सार्वजनिक बिदा घोषणा गर्न पाउने समेत निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णयसँग प्रदेश सरकारले आफ्नो विशेषताअनुसार संघीय सरकारले दिएको भन्दा छुट्टै ६ दिन सार्वजनिक बिदा दिन पाउने छ ।

तर उपत्यकाको हकमा भने गृह मन्त्रालयले सूचना जारी गरेपछि मात्र विदा हुने छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  १ : ५४ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर