सरकारका प्रवक्ता बाँस्कोटाले भने– प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको छैन « Khabarhub

सरकारका प्रवक्ता बाँस्कोटाले भने– प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको छैन


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल वाँस्कोटाले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको बताएका छन् । विक्री वितरण भएको भनिएको जग्गा प्रधानमन्त्री निवास छेउको रहेको उनको भनाइ छ ।

मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले बालुवाटारको जग्गा अनुचित ढंगमा व्यक्तिको नाममा लगिएको रहेछ भने त्यसलाई सरकारले नछोड्ने बताए ।

‘सत्तारुढ हुन् वा प्रतिपक्षी हुन्, दोषी देखियो भने कोही पनि उम्कदैंन’ प्रवक्ता बाँस्कोटाले भने, ‘यो राजनीतिको कुरा भन्दा पनि कानूनको कुरा हो, त्यसकारण प्रभावित हुँदैन ।’

सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताउँदै मन्त्री बाँस्कोटाले जग्गा खरिद प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल पनि पीडित भएको दाबी गरे ।

‘उहाँ त्यो फर्जी धन्दामा संलग्न भएको होइन नि ! तेस्रो पक्षबाट जग्गा किनेको हुँ भन्नुभएको छ । किन्नेहरु वा जो ठगीमा पर्नुभएको छ उहाँहरु त अपराधी होइन, उहाँ पीडित हुनुभयो । किनकी उहाँले किन्नुभयो जग्गा, तर परेछ नक्कली !’

प्रवक्ता बाँस्कोटाले नक्कली कागजात खडा गरेर जसले उक्त जग्गा निजीकरण गर्‍यो त्यसमाथि कारवाही हुने र त्यो पक्षले पछि किन्नेलाई क्षतिपूर्ति तिर्नुपर्ने दाबी गरे । उक्त जग्गा रोक्का राख्ने निर्णय सरकारले गरेको गरिसकेको र थप अनुसन्धान गर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  २ : २९ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको