विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ « Khabarhub

विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ


२८ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोप्य सरकारी दस्तावेजहरु सार्वजनिक गरेर तहल्का मच्चाएको विकिलिक्स साइटका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन् । विगत ७ वर्षदेखि बेलायतको राजधानी लण्डनमा रहेको इक्वेडोरको राजदूतावासमा शरण लिएर बस्दै आएका असान्जलाई राजदूतावासबाटै पक्राउ गरिएको हो ।

यसअघि इक्वेडोरका राष्ट्रपति लेनिन मोरेनोले धेरै वटा अन्तर्राष्ट्रिय सन्धी सम्झौता उल्लङ्घन गरेको भन्दै असान्जलाई दिइँदै आएको शरण फिर्ता गरिएको घोषणा गरेका थिए । त्यसपछि राजदूतले नै प्रहरीलाई दूतावासभित्र प्रवेश गरी असान्जलाई गिरफ्तार गर्न अनुमति दिएको बताइएको छ ।

उनीमाथि यसअघि स्वीडेनमा यौन दुराचारको अभियोग लागेको थियो । पछि स्वीडेनमा यौन दुराचारको अभियोग फिर्ता भएपनि उनी लण्डनस्थित इक्वेडोरको राजदूतावासकै शरणमा रहँदै आएका थिए । अष्टे«लियन मूलका असान्जले आफूलाई गिरफ्तार गरिए अमेरिका सुपुर्दगी हुनसक्ने र त्यहाँ आफूलाई यातना दिइने वा ज्यान नै मार्ने अवस्था आउने भएकाले इक्वेडोरको दूतावासमा बस्नु परेको बताउँदै आएका थिए ।

उनले अदालतमा उपस्थित हुन अस्वीकार गरेको अभियोगमा पक्राउ गरिएको लण्डनको महानगरीय प्रहरीले जनाएको छ । हाल उनी हिरासतमा रहेको र आवश्यक कानूनी प्रक्रिया अघि बढाइने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि विकिलिक्सले अमेरिकी सहित विभिन्न मुलुकका गोप्य सरकारी दस्तावेज सार्वजनिक गरेर तहल्का मच्चाएको थियो । विकिलिक्समाथि यसअघि सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा पनि डेमोक्र्याटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनसम्बन्धी इमेलहरु सार्वजनिक गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  ३ : ५५ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको