१३ सय २५ लिटर घरेलु मदिरा नष्ट « Khabarhub

१३ सय २५ लिटर घरेलु मदिरा नष्ट


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अबैधरुपमा उत्पादन गरिएको १३ सय २५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले साउनयता जिल्लाका विभिन्न ठाँउबाट मदिरा उत्पादनका लागि चाहिने कच्चा पदार्थ ८५६ लिटर र घरेलु मदिरा १३ सय २५ लिटर नियन्त्रणमा लिएर नष्ट गरेको जानकारी दिएको हो ।

घरेलु मदिराका कारण समाजको शान्तिसुरक्षा चुनौती बन्दै गएको भन्दै प्रहरीले जिल्लाभर मदिरा नियन्त्रणमा सक्रियता देखाएको छ । जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका प्रहरी ईकाईमार्फत ११ ओटा स्थानीयतहमा प्रहरीले अबैध रुपमा घरेलु मदिरा उत्पादन तथता बिक्रीमा रोक लगाएको हो ।

प्रहरीले गत साउनबाट मदिरा नियन्त्रणको अभियानलाई तीव्रता दिएको छ । बुधबार मात्रै वडा प्रहरी कार्यालय वालिङले विभिन्न ठाँउबाट बिक्रीका लागि राखिएकोे करिव ३ सय १० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर जनप्रतिनिधि, नागरिक समाज, पत्रकार हितको रोहबरमा नष्ट गरिएको प्रहरी निरिक्षक शंकर आचार्यले जानकारी दिए ।

जिल्लाको वालिङ, गल्याङ आसपासका क्षेत्रमा पाल्पाको अगाहखोलाबाट घरेलु मदिरा भित्रिने गरेको प्रहरीले जनाएको छ । अबैध घरेलु मदिरा उत्पादन गर्ने क्षेत्रको पहिचान गर्न प्रहरीले केही सादा पोषाकमा समेत प्रहरी परिचालन गरेको जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ४ : ३० बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र