सुडानमा सैन्य कू– राष्ट्रपति बसिरको अवस्था अज्ञात « Khabarhub

सुडानमा सैन्य कू– राष्ट्रपति बसिरको अवस्था अज्ञात


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुडान– सुडानी सेनाले कू गरी राष्ट्रपति ओमर अल बसिर पदमुक्त गराएको छ । उनलाई सेनाले बल प्रयोग गरी पदमुक्त गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति भवनभित्रै उच्च सुरक्षा निगरानीमा रहेको जनाइएपनि हाल उनको अवस्था अज्ञात रहेको बताइएको छ । बसिरपछि नयाँ सरकार गठन गर्नका लागि संक्रमणकालीन परिषद्को गठन प्रक्रिया अघि बढाइएको छ ।

सेनाले दबाबपछि उनी पद त्याग्न राजी भएको वरिष्ठ राजनीतिक नेतालाई उद्धृत गर्दै दुबईको अल हदाथ टेलिभिजनले जनाएको छ ।

हाल राजधानी खार्तुमका सडकहरुमा सेनाको उच्च सक्रियता रहेको र सेनाले राष्ट्रपति भवनसहित राष्ट्रपति बसिरको सत्तारुढ इस्लामिक अभियान र राष्ट्रिय काँग्रेस पार्टीको मुख्यालयमा छापा मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९८९ मा रक्तपातविहीन कु मार्फत् सुडानको सत्तामा पुगेका ७५ वर्षिय बसिरको सरकारविरुद्ध पछिल्लो समय प्रदर्शन हुँदै आएको थियो । प्रदर्शनलाई सेनाले साथ दिएको र बसिरलाई पदमुक्त गरिएको बताइएको छ । यद्यपि बसिरको पदमा अर्को कुन नेता वा सैनिक अधिकारी आउने हो भन्ने चाहीँ स्पष्ट भइसकेको छैन । तरपनि बसिरको स्थानमा उपराष्ट्रपति तथा रक्षामन्त्री अवद मोहम्मद अहमद इब्न अउफ आउने चर्चा रहेको समाचार सार्वजनिक भएका छन् ।

अब बसिरको भविष्य के हुने भन्ने पनि स्पष्ट भइसकेको छैन । बसिरविरुद्ध सन् २००३ यता डार्फर क्षेत्रमा ३ लाख भन्दा धेरै मानिसहरुको नरसंहार गरेको अभियोगमा अन्तर्राष्ट्रिय अपराध अदालत हेगमा मुद्धा चलिरहेको छ भने उनीमाथि अन्तर्राष्ट्रिय पक्राउ पुर्जी पनि जारी छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ५ : ०६ बजे

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी