सुडानमा सैन्य कू– राष्ट्रपति बसिरको अवस्था अज्ञात « Khabarhub

सुडानमा सैन्य कू– राष्ट्रपति बसिरको अवस्था अज्ञात


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुडान– सुडानी सेनाले कू गरी राष्ट्रपति ओमर अल बसिर पदमुक्त गराएको छ । उनलाई सेनाले बल प्रयोग गरी पदमुक्त गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति भवनभित्रै उच्च सुरक्षा निगरानीमा रहेको जनाइएपनि हाल उनको अवस्था अज्ञात रहेको बताइएको छ । बसिरपछि नयाँ सरकार गठन गर्नका लागि संक्रमणकालीन परिषद्को गठन प्रक्रिया अघि बढाइएको छ ।

सेनाले दबाबपछि उनी पद त्याग्न राजी भएको वरिष्ठ राजनीतिक नेतालाई उद्धृत गर्दै दुबईको अल हदाथ टेलिभिजनले जनाएको छ ।

हाल राजधानी खार्तुमका सडकहरुमा सेनाको उच्च सक्रियता रहेको र सेनाले राष्ट्रपति भवनसहित राष्ट्रपति बसिरको सत्तारुढ इस्लामिक अभियान र राष्ट्रिय काँग्रेस पार्टीको मुख्यालयमा छापा मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९८९ मा रक्तपातविहीन कु मार्फत् सुडानको सत्तामा पुगेका ७५ वर्षिय बसिरको सरकारविरुद्ध पछिल्लो समय प्रदर्शन हुँदै आएको थियो । प्रदर्शनलाई सेनाले साथ दिएको र बसिरलाई पदमुक्त गरिएको बताइएको छ । यद्यपि बसिरको पदमा अर्को कुन नेता वा सैनिक अधिकारी आउने हो भन्ने चाहीँ स्पष्ट भइसकेको छैन । तरपनि बसिरको स्थानमा उपराष्ट्रपति तथा रक्षामन्त्री अवद मोहम्मद अहमद इब्न अउफ आउने चर्चा रहेको समाचार सार्वजनिक भएका छन् ।

अब बसिरको भविष्य के हुने भन्ने पनि स्पष्ट भइसकेको छैन । बसिरविरुद्ध सन् २००३ यता डार्फर क्षेत्रमा ३ लाख भन्दा धेरै मानिसहरुको नरसंहार गरेको अभियोगमा अन्तर्राष्ट्रिय अपराध अदालत हेगमा मुद्धा चलिरहेको छ भने उनीमाथि अन्तर्राष्ट्रिय पक्राउ पुर्जी पनि जारी छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ५ : ०६ बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन