सर्वोच्च र उच्च अदालतका न्यायाधीश नियुक्तिबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी « Khabarhub

सर्वोच्च र उच्च अदालतका न्यायाधीश नियुक्तिबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी


२८ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च र उच्च अदालतका न्यायाधीश नियुक्ति तथा सिफारिस सम्बन्धी न्याय परिषदको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजलाशले न्याय परिषदका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

अधिवक्ता भक्त बहादुर विश्वकर्माले जारी गरेको रिटमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्च अदालतले सर्वोच्च र उच्च अदालतका न्यायाधीश नियुक्ति तथा सिफारि गर्नेसम्बन्धी निर्णयबारे कारण देखाउ आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा अध्यक्ष रहेको न्याय परिषदको गत मंगलबार (चैत १९ गते)को वैठकले सर्वोच्चमा ५ र उच्च अदालतमा १७ जना न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

उच्च अदालतमा सिफारिस भएका १७ जना न्यायाधीशले बुधबार बिहान मात्रै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट पद तथा गोपनीयताको ग्रहण गरिसकेका छन् ।

सर्वोच्च अदालतका लागि सिफारिस भएका ५ जना न्यायाधीशको भने संसदीय सुनुवाइ प्रक्रिया जारी छ । संसदीय सुनवाइ समितिको गत बिहीबार (चैत २१ गते) बसेको वैठकले ५ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  ५ : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया