सरकारको काम जनताले अनुभूत गर्न सकून् : प्रचण्ड « Khabarhub

सरकारको काम जनताले अनुभूत गर्न सकून् : प्रचण्ड


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले जनतामा परिवर्तनको अनुभूति हुने गरी काम गर्न जरुरी रहेको बताएका छन् ।

अध्यक्ष दाहालले पूरानै कार्यशैली, नीति र योजनाले ठूल्ठूला परिवर्तनबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउनका लागि पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

बिहीबार काठमाडौंमा नेपाल दूर सञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले नेपाल टेलिकमको कार्य क्षमता वृद्धि गर्न त्यहाँका कर्मचारीहरुको क्षमता वृद्धि गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

पुरानै शैली र योजनाअनुसार काम गर्ने शैलीमा कर्मचारी तन्त्रले परिवर्तन नगरेसम्म मुलुक अघि बढन नसक्ने अध्यक्ष दाहालले तर्क गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिकमको क्षमता अभिवृद्धिका लागि कामै गरेर देखाउन कर्मचारीहरुलाई सचेत गराए ।

उनले नेपाल टेलिकमलाई जापानको एक कम्पनी रणनीतिक साझेदारको रुपमा भित्रयाउन लागिएको पनि जानकारी दिए । मन्त्री बाँस्कोटाले नेपाल टेलिकमको ऐन, कानूनलाई पनि समय सापेक्ष बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ५ : ४२ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र