ओलम्पिक छनोट खेल्न म्यानमार पुगेको महिला फुटबल टोली स्वदेश फिर्ता « Khabarhub

ओलम्पिक छनोट खेल्न म्यानमार पुगेको महिला फुटबल टोली स्वदेश फिर्ता


२८ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोल ओलम्पिक छनोटको दोस्रो चरण खेलेर स्वदेश फर्किएको छ । म्यानमारमा सम्पन्न ओलम्पिक छनोटमा २ खेलमा हार र एक खेलमा जीत हात पारेको नेपाली टोली बिहीबार अपराह्न स्वदेश फर्किएको हो ।

भारत र म्यानमारसँग समान ३—१ गोल अन्तरले पराजित भएको महिला टोलीले अन्तिम खेलमा इन्डोनेसियालाई २—१ पराजित गर्दै सुखद् अन्त्य गरेको थियो ।

बिहीबार स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारर्कीहरुसँग बोल्दै मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीको प्रदर्शनमा आफु सन्तष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

उनले भने, “दोस्रो चरणको खेल नतिजाका हिसावले उपलव्धिमूलक नभए पनि खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु । सोचजस्तो उपलव्धि भएन । मैदानमा यसअघिका कमजोरीहरु दोहोरिए ।”

ओलम्पिक छनोटको दोस्रो चरणबाट म्यानमार र भारत अर्को चरण प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  ६ : ३२ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट