सगरमाथाको फोहर नाम्चे र काठमाडौंमा प्रदर्शन गरिने « Khabarhub

सगरमाथाको फोहर नाम्चे र काठमाडौंमा प्रदर्शन गरिने


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाह्रौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा सर्वोच्च शिखर सगरमाथाको सफाई अभियान सञ्चालन गरिने भएको छ । आगामी अप्रिलदेखि जुन महिनासम्म ‘सगरमाथा क्लिनिङ क्याम्पियन–२०१९’ आयोजना गर्न लागिएको हो ।

विहीबार आयोजित पत्रकार सम्मेलनमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, खुम्बु पासाङल्ह्यामु गाउँपालिका तथा नेपाली सेना, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको संयुक्त आयोजनमा सगरमाथा सफाई अभियान गर्न लागिएको जानकारी दिइएकाे हो ।

सो अभियानले सगरमाथाबाट करिब १० हजार टन फोहर संकलन गरिने आयोजकले जनाएको छ । यस पटकको सफाई अभियानमा सगरमाथा क्षेत्रमा रहेका शवको पनि व्यवस्थापन गर्न प्रयास गरिनेछ । संकलित फोहर अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९) का दिन सोलुखुम्बुको नाम्चेमा प्रदर्शन गर्ने र तत्पश्चात व्यवस्थापन गर्न सकिने फोहरलाई नाम्चेमै व्यवस्थापन गरिनेछ ।

प्रशोधन गर्न मिल्ने फोहर काठमाडौँ ल्याई विश्व वातावरण दिवस (५ जुन) का दिन काठमाडौँमा प्रदर्शन गरी ‘ब्लू वेष्ट टु भ्यालु’ नामक संस्थालाई उचित व्यवस्थापनका लागि हस्तान्तरण गरिने जनाइएको छ । अभियानका लागि रु दुई करोड ३२ लाख १६ हजार खर्च हुने छ ।

उक्त रकम आयोजक निकाय र केही दातृ निकायबाट जुटाइनेछ । अभियानका लागि खुम्बु पासाङल्ह्यामु गाउँपालिकाले रु ३० लाख तथा नेपाल पर्वतारोहण संघले रु २० लाख सहयोग गर्ने जनाएका छन् । पर्यटन बोर्ड, विभागलगायत अन्य निकायले अभियानका लागि सहयोग गर्नेछन् ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार ४५ दिनको सफाई अभियानमा १४ जना सहभागी हुनेछन् । छ जना आधार शिविरमा रहनेछन् भने बाँकी आठ जनाले सगरमाथाको चुचुरो नजिक अर्थात् ‘साउथ पोल’सम्म पुगेर फोहर जम्मा गर्नेछन् । ‘साउथ पोल’मा करिब १५ दिन सफाई चल्ने छ । ‘साउथ पोल’बाट दुई हजार र क्याम्प तीनबाट तीन हजार किलो फोहर जम्मा गर्ने लक्ष्य लिइएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा सफाई अभियान निकै चुनौतिपूर्ण काम भएपनि यसलाई सफलताका साथ सम्पन्न गर्न अन्तरनिकाय समन्वयका साथ अघि बढ्ने उल्लेख गरे । पत्रकार सम्मेलनमा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले सगरमाथाको फोहोरसम्बन्धी गलत सन्देश विश्व बजारमा गइरहेकाले त्यस्तो भ्रम चिर्दै भएका फोहोर व्यवस्थापन प्रभावकारी बनाउन सफाई अभियान शुरु गरिएको र यसलाई आगामी वर्षमा निरन्तरता दिइने बताए ।

विदेशी सञ्चार माध्यमले प्रचार गरेजस्तो सगरमाथामा धेरै शव नभएको र साउथ पोलमा दुई देखि तीन मात्र शव भएको सगरमाथा प्रदूषण समितिले स्पष्ट पारेको छ । शव भेटिएको खण्डमा व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण हुन्छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ८ : ५० बजे

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन