अवैध शरणार्थीको केन्द्र बन्दै नेपाल, भुटानी शरणार्थीलाई सकस « Khabarhub

अवैध शरणार्थीको केन्द्र बन्दै नेपाल, भुटानी शरणार्थीलाई सकस


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-उदार भिसा नीति र खुला सिमानाका कारण नेपाल अवैध शरणार्थी (आप्रवासी)को केन्द्र बन्दै गएको छ। विगतदेखि आश्रय लिएका भुटानी र तिब्बतीबाहेक कुनै पनि देशका शरणर्थीलाई प्रश्रय नदिने सरकारको नीति भए पनि म्यानमारदेखि अफ्रिकासम्मका अवैध शरणार्थीको संख्या बढ्दै गएको छ। यसले देशको सुरक्षामै खतरा बढेको भन्दै प्रहरी चिन्तित बनेको नयाँ पत्रिकामा खबर छ।

अहिले १० देशका हजारभन्दा धेरै अवैध शरणार्थी नेपालमा बस्दै आएका छन्। खासगरी, तेस्रो मुलुक जानका लागि द्वन्द्वग्रस्त देशका नागरिकले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएका छन्। तर, अवैध शरणार्थीको समस्या समाधानका लागि सरकारले कुनै योजना बनाएको छैन।

नेपालमा हाल ६ हजार पाँच सय १८ भुटानी शरणार्थी छन्। उनीहरू झापा र मोरङका शिविरमा बस्दै आएका छन्। १९ जना भने शिविरबाहिर बस्दै आएको गृह मन्त्रालयको तथ्यांक छ।

नेपालबाट एक लाख १३ हजार पाँच सय ४८ भुटानी शरणार्थी विभिन्न देशमा पुनर्स्थापना भइसकेका छन्। सबैभन्दा धेरै अमेरिकामा ९६ हजार एक सय ६७ पुगेका छन्। त्यस्तै, अस्ट्रेलियामा सात हजार तीन सय १५, क्यानडामा ६ हजार आठ सय ३८, न्युजिल्यान्डमा एक हजार ९६, डेनमार्कमा आठ सय ७५, नर्वेमा पाँच सय ७०, बेलायतमा तीन सय ५८ तथा नेदरल्यान्ड्समा तीन सय २९ जनाको पुनस्र्थापना भएको छ। अहिले सबै देशले पुनस्र्थापना कार्यक्रम बन्द गरिसकेका छन्। अस्ट्रेलियाले आफूले लगिसकेका परिवारका व्यक्ति नेपालमै भए जान छुट दिएको छ, जसअनुसार हालसालै दुई सय ९१ भुटानी शरणार्थी अस्ट्रेलिया पुगेका हुन्।

भुटानी शरणार्थीलाई सकस : न वार्ता, न तेस्रो मुलुक पुनर्स्थापन शीर्षकको अर्को समाचारमा नेपाल र भुटानमा निर्वाचनपछि गठित सरकारबीच भुटानी शरणार्थीका विषयमा वार्ता हुन सकेको छैन। नेपालमा करिब ६ हजार पाँच सय भुटानी शरणार्थी बाँकी छन्, उनीहरूको भविष्यबारे दुई देशबीच कूटनीतिक तवरमा वार्ता भएको छैन। यसै वर्षदेखि उनीहरूलाई विश्व खाद्य कार्यक्रमको रासन र तेस्रो मुलुक पुनर्स्थापन कार्यक्रम पनि बन्द भएको छ।

नेपालस्थित शरणार्थीसम्बन्धी राष्ट्रसंघीय कार्यालय (युएनएचसिआर)ले गरेको पछिल्लो सर्भेमा नेपालमा रहेकामध्ये ३० प्रतिशत भुटानी स्वदेश फर्कन चाहन्छन्। शरणार्थीसम्बन्धी कार्यालयका वरिष्ठ सञ्चार अधिकृत दीपेशदास श्रेष्ठका अनुसार पूर्वी नेपालका दुई शिविर (बेलडाँगी र पथरी–शनिश्चरे)मा जम्मा ६ हजार पाँच सय भुटानी शरणार्थी बाँकी छन्।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : १२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको