कर्णाली प्रदेशमा प्राकृतिक सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली खटियो « Khabarhub

कर्णाली प्रदेशमा प्राकृतिक सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली खटियो


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटलगायत कर्णाली प्रदेशका डोल्पा र जुम्लामा राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञसहितको टोलीले लोपोन्मुख जङ्गली जनावर, जडीबुटी, धार्मिक तथा पर्यटकीयस्थलको सम्भाव्यता अध्ययन थालेको छ ।

लोपोन्मुख जङ्गली जनावर, जडीबुटी, धार्मिक तथा पर्यटकीयस्थलको सम्भाव्यता अध्ययन गरिन लागेको टोलीका संयोजक वीरेन्द्र बस्नेतले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयले जाजरकोट, डोल्पा र जुम्लामा एकै पटक पूर्व सम्भाव्यता अध्ययन टोली पठाएर काम थालेको हो । शुक्रबारदेखि अध्ययन टोलीले तीनै जिल्लामा अध्ययन थालेको बस्नेतले बताए ।

समाजशास्त्री, वन्यजन्तु विज्ञ, वनस्पति विज्ञ, जङ्गलविज्ञ, पर्यटन र संस्कृतिक विज्ञसहितको टालीले तीन जिल्लाका विभिन्न ठाउँमा गएर स्थानीय सरकार, स्थानीयवासी, नागरिक समाजसँग अन्तक्र्रिया तथा स्थलगत अध्ययन थालेको हो ।

टोलीले जाजरकोटका नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशेगाउँपालिका, डोल्पाको मुडकेचुला, जगदुला गाउँपालिका, जुम्लाको गुठीचौर, तातोपानी गाउँपालिकामा काम शुरु गरेको छ । अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा तीन जिल्लाको विशेष क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरिने छ । कर्णालीमा अपार प्रकृतिक सम्पदा, जङ्गल र जडीबुटी भए पनि लगानी र विज्ञको अभावमा पछि पर्दै आएको बताइएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली हीरा भएकाले यसलाई समुचित प्रयोग गरेर कर्णालीकै विकास गरिने बताए ।

जाजरकोटमा हाब्रेलगायतका अन्य लोपोन्मुख जनावार पाइने भएकाले संरक्षणमा जोड दिई शे फोक्सुण्डो र राराजस्ता कर्णालीकै परिचय दिने सम्पदाको विश्वव्यापीकरण प्रचार गर्नसके कर्णालीको परिचय फेरिने उनको भनाइ थियो ।

मन्त्री बस्नेतले भने “हामी अब विकट, गरीबी अशिक्षा र अभावको परिचयबाट माथि उठेर कर्णालीलाई माथि उठाई विश्वका सामु कर्णाली भन्ने बित्तिकै ध्यान तान्ने बनाउने गुरुयोजनामा छौँ, हामीसँग पर्याप्त जङ्गल, जडीबुटी र जमीन छ, लगानी गरेर यहाँको खास विकास, निकास र समृद्धि हुनेछ ।”

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ३ : ४८ बजे

प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले भने- आज लोकतन्त्रले जितेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

अब कम्तिमा पाँच वर्ष नङमा मसी पोत्न नपरोस् !

जनताले एक पटक फेरि सार्वभौम अधिकार प्रयोग गरेर शक्तिको साँचो

प्रतिनिधिसभा सदस्य निर्वाचन : शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं– छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर

दोलखाको मालुमा साँझ परेपछि अघि बढ्यो मतदान, खोज्न थालियो मतदाता

दोलाखा- देशका अन्य ठाउँमा मतदान सकिइसक्दा दोलखाको तामाकोशी गाउँपालिका वडा

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता