भारतीय प्रधानमन्त्री मोदीले गर्छन् हरेक महिना मेकअपमा १ करोड २८ लाख खर्च ! « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले गर्छन् हरेक महिना मेकअपमा १ करोड २८ लाख खर्च !


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा बताइए अनुसार मोदीको मेकअपमा हरेक महिना ८० लाख भारतीय रुपैयाँ(१ करोड २८ लाख नेपाली रुपैयाँ) खर्च हुने दाबी गरिएको छ ।

करीब ४५ सेकेन्डको यो भाइरल भिडियोमा केही व्यूटिसियन तथा स्टाइलिस्ट पीएम नरेन्द्र मोदीको यता उती देखाइएको छ । फेसबुक र ट्वीटरमा यो भिडियो हजारौं पटक हेरिएको थियो र सयौं मानिसले यसलाई सेयर गरेका थिए ।

अधिकांश मानिसले सामाजिक सञ्जालमा यो भिडियोका साथ लेखेका छन्,‘यी हुन् गरीबका छोरा, मेकअप गराइरहेका छन् । आरटीआइको माध्यमबाट खुलासा गरिएको छ कि यो श्रृंगारका लागि ब्यूटीशियनलाई प्रतिमहिना ८० लाख रुपैयाँ तिर्छन् ।’

गुरुग्राम कांग्रेसको आधिकारिक फेसबुक पेजमा पनि यो भिडियो यसै दाबीका साथ पोस्ट गरेको छ जसलाई करीब ९५ हजार पटक हेरिएको छ ।

तर बीबीसी हिन्दीले गरेको अनुसन्धानमा भने यो भिडियो सही भएपनि यसलाई गलत सन्दर्भमा प्रयोग गरिएको पत्ता लागेको छ । साथसाथ भाइरल भिडियोमा प्रधानमन्त्री मोदीका साथ देखिएका युवती उनका निजी मेकअप आर्टिस्ट होइनन् ।

भिडियोको वास्तविकता

जुन भिडियोमा प्रधानमन्त्री मोदीको मेकअप गरिरहेको बताइएको छ वास्तवमा यो मार्च २०१६ को हो ।  यो भिडियो लण्डन स्थित चर्चित तुसाद म्यूजियमले जारी गरेको थियो ।

१६ मार्च २०१६ मा म्याडम तुसाद म्यूजियमले आफ्नो आधिकारिक यूट्युबमा यो भिडियो पोस्ट गरेको थियो ।

म्यूजियमका अनुसार यो भिडियो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलामा मेकअप गरि सुट गरिएको हो ।

म्यूजियमका करीब २० कालिगढको टीमले दिल्लीस्थित प्रधानमन्त्री आवासमा पुगेर चार महिनाको समय लगाए मोदीको पुतला तयार गरेका थिए ।

म्याडम तुसाद म्यूजियमका अनुसार प्रधानमन्त्री मोदीको पुतला लण्डनस्थित म्यूजिमयमा २८ अप्रिल २०१६ मा स्थापित गरिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ५ : ५८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।