भारतीय प्रधानमन्त्री मोदीले गर्छन् हरेक महिना मेकअपमा १ करोड २८ लाख खर्च ! | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले गर्छन् हरेक महिना मेकअपमा १ करोड २८ लाख खर्च !


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा बताइए अनुसार मोदीको मेकअपमा हरेक महिना ८० लाख भारतीय रुपैयाँ(१ करोड २८ लाख नेपाली रुपैयाँ) खर्च हुने दाबी गरिएको छ ।

करीब ४५ सेकेन्डको यो भाइरल भिडियोमा केही व्यूटिसियन तथा स्टाइलिस्ट पीएम नरेन्द्र मोदीको यता उती देखाइएको छ । फेसबुक र ट्वीटरमा यो भिडियो हजारौं पटक हेरिएको थियो र सयौं मानिसले यसलाई सेयर गरेका थिए ।

अधिकांश मानिसले सामाजिक सञ्जालमा यो भिडियोका साथ लेखेका छन्,‘यी हुन् गरीबका छोरा, मेकअप गराइरहेका छन् । आरटीआइको माध्यमबाट खुलासा गरिएको छ कि यो श्रृंगारका लागि ब्यूटीशियनलाई प्रतिमहिना ८० लाख रुपैयाँ तिर्छन् ।’

गुरुग्राम कांग्रेसको आधिकारिक फेसबुक पेजमा पनि यो भिडियो यसै दाबीका साथ पोस्ट गरेको छ जसलाई करीब ९५ हजार पटक हेरिएको छ ।

तर बीबीसी हिन्दीले गरेको अनुसन्धानमा भने यो भिडियो सही भएपनि यसलाई गलत सन्दर्भमा प्रयोग गरिएको पत्ता लागेको छ । साथसाथ भाइरल भिडियोमा प्रधानमन्त्री मोदीका साथ देखिएका युवती उनका निजी मेकअप आर्टिस्ट होइनन् ।

भिडियोको वास्तविकता

जुन भिडियोमा प्रधानमन्त्री मोदीको मेकअप गरिरहेको बताइएको छ वास्तवमा यो मार्च २०१६ को हो ।  यो भिडियो लण्डन स्थित चर्चित तुसाद म्यूजियमले जारी गरेको थियो ।

१६ मार्च २०१६ मा म्याडम तुसाद म्यूजियमले आफ्नो आधिकारिक यूट्युबमा यो भिडियो पोस्ट गरेको थियो ।

म्यूजियमका अनुसार यो भिडियो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलामा मेकअप गरि सुट गरिएको हो ।

म्यूजियमका करीब २० कालिगढको टीमले दिल्लीस्थित प्रधानमन्त्री आवासमा पुगेर चार महिनाको समय लगाए मोदीको पुतला तयार गरेका थिए ।

म्याडम तुसाद म्यूजियमका अनुसार प्रधानमन्त्री मोदीको पुतला लण्डनस्थित म्यूजिमयमा २८ अप्रिल २०१६ मा स्थापित गरिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ५ : ५८ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर