समृद्धिका लागि सबै राजनीतिक दललाई समेटर लैजानुपर्छ–नेता नेपाल | Khabarhub Khabarhub

समृद्धिका लागि सबै राजनीतिक दललाई समेटर लैजानुपर्छ–नेता नेपाल


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समृद्धिका लागि सबैलाई समेटेर लैजानु पर्ने बताएका छन् ।

देशलाई अघि बढाउन एक्लैले नसकिने हुँदा त्यसका लागि सबै राजनीतिक पार्टीलाई समेटेर लैजानुपर्ने नेता नेपालको भनाइ थियो ।

शनिवार सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको ठूलो पाखरस्थित ककलिङ हरिसिद्धि क्याम्पसको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेश नं ३ का वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री अरुण नेपालले जिल्लालाई शैक्षिक क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा पनि अगाडि बढाउनुपर्ने बताए ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष शम्शेर शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले शैक्षिक क्षेत्रको सुधारको बारेमा धारणा राखेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : १० बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून