केन्द्रीय नेताका लागि जागरण अभियान आवश्यक छ– गगन « Khabarhub

केन्द्रीय नेताका लागि जागरण अभियान आवश्यक छ– गगन


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाली कांग्रेसका नेता गगन थापाले जागरण अभियान तल्लो तहमा मात्र नभइ माथिल्लो तहसम्म आवश्यक रहेको बताएका छन् ।

दाङ दङ्गीशरण गाउँपालिका वडा नं ६ को श्रीगाउँमा प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले पार्टीले अहिले तल्लोस्तरको पार्टीलाई जागरण दिन अभियान सञ्चालन गरिरहेको भन्दै यो अभियान केन्द्रीयस्तरका नेताहरुका लागि आवश्यक रहेको बताए ।

“अहिले जिल्ला तहमा जागरण अभियान चलिरहेको छ, तर त्यो जागरण अभियान माथिसम्म पुग्नुपर्छ”, नेता थापाले भने, “माथिल्लो तहका नेतामा पनि जागरण आएन भने पार्टी सुधार हुन सक्दैन ।”

पार्टीभित्रको बिमेललाई मिलाएर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने नेता थापाको भनाइ छ ।

पार्टीमा व्याप्त गुट–उपगुटले गर्दा पछाडि परेको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेको थापाको भनाइ थियो । उनले केन्द्रीय नेताले नभइ तल्लो तहका कार्यकर्ताले कांग्रेसलाई जोगाएको उल्लेख गरे ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : ३३ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत