सरकारी अस्पतालमा पालो पाउनै गाह्रो, निजीमा पैसा भए मात्रै उपचार | Khabarhub Khabarhub

सरकारी अस्पतालमा पालो पाउनै गाह्रो, निजीमा पैसा भए मात्रै उपचार


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङको धुनिबेसी नगरपालिका १ की २२ वर्षीया कोपिला तामाङ काठमाडौंको बसुन्धारास्थित ग्रीन सिटी अस्पतालको ६ नम्बर शय्यामा उपचारत छन् । आफन्तहरु उनको वरिपरी जाँदा तामाङ उनीहरुलाई हेर्दै रुन्छिन् । आफन्तहरुसँग बोल्ने प्रयास गर्छिन्, तर उनको बोली बुझिँदैन ।

ब्रेनमा इन्फेक्नस भएर शल्यक्रिया गरेपछि उनी पहिलाजस्तो स्वास्थ्य, हिँड्न, बोल्न र खुसी हुन सकेकी छैनन् । स्वास्थ्यमा क्रमिक सुधार आए पनि निको हुन अझै ५/६ महिना लाग्ने चिकित्सकहरुले बताएका छन् ।

कसरी भयो यो अवस्था

तामाङलाई टाउको दुख्ने समस्या थियो । टाउको दुख्दा मेडिकलबाट औषधी ल्याएर खान्थिन् । औषधीले दुखाइ पनि ठीक हुन्थ्यो । तर, गत कात्तिकमा तामाङ बेहोस् भइन् । अचानक बेहोस् भएपछि उनका आफन्तले काठमाडौंको ग्रीन सिटी हस्पिटलको आकस्मिक कक्षमा ल्याए ।
चिकित्सकहरुले ब्रेनमा इन्फेक्सन भएर पानी जमेकाले शल्यक्रिया गर्ने बताए ।

तामाङलाई साढे तीन महिनासम्म आइसीयु र भेन्टिलेटरमै राखेर उपचार गरियो । निजी अस्पतालमा कहिले आइसीयु कहिले भेन्टिलेटलमा उपचार खर्च निकै महँगो थियो । उपचार खर्च धेरै लाग्ने भएर तामाङको परिवारले सरकारी अस्पतालमा आइसीयु र भेन्टिलेटरमा भर्ना पाइन्छ कि भनेर बुझ्न गए ।

सरकारी अस्पतालमै पुगेका बिरामीले त आइसीयु र भेन्टिलेटर नपाएर निजीमा जानुपर्ने बाध्यता रहेको अवस्थामा त्यहा पालो पाउनु मुस्किल नै थियो ।

निजी अस्पतालमा उपचार खर्च महँगो पर्ने भएकाले तामाङका जेठाजु अशोकले सरकारी अस्पतालमा पालो पाइन्छ कि भनेर वीर, त्रिवि शिक्षण अस्पतालमा आइसियुको लागि धेरै पटक बुझ्न गए ।  तर जति प्रयास गरेपछि उनले सरकारी अस्पतालमा आइसियु पाउँन सकेनन् । सरकारी अस्पतालमा आइसियु नपाएपछि अशोकले बाध्य भएर ग्रीन सिटी अस्पतालमै उपचार गराए ।

‘वीर अस्पतालमा गएर आइसियुका लागि नाम टिपाए, एकसातामा आउनु भनेको थियो, एकतासापछि जाँदा आइसियु खाली छैन भनेर पठाए, टिचिङ अस्पतालमा पनि यही समस्या भयो,’ तामाङले भने, ‘शुरुमा बेहोस् भएकाले यहाँ नजिक परेर हतारमा यहि अस्पताल ल्याइयो, पछि सरकारी अस्पतालमा पालो नै पाइएन, बिरामीको ज्यान त बचाउनुँ नै पर्‍यो । त्यहि भएर महँगो भएपनि यही उपचार गर्नुपर्‍यो । ’

तामाङलाई ग्रीन सिटी हस्पिटलमा भर्ना गरेको ७ महिना भइसकेको छ । तर उनी अझै ठीक भएकी छैनन् । तामाङको उपचारमा परिवारले भने आफूसँग भएको पैसा सिध्याइसकेका छन् । निजी अस्पतालमा आइसीयु र भेन्टिलेटरमा लामो समय राख्नुपर्दा तामाङको उपचारमा २४ लाख भन्दा बढी सक्किएको तामाङका जेठाजु अशोक तामाङले बताए ।

उनले भने, ‘धेरै समय भइसक्यो अस्पतालमा ल्याएको अहिलेसम्म ठीक भएको छैन, २४ लाख जति त अस्पतालमा बुझाइसक्यो, डाक्टरले अझै ४/५ महिना राख्नुपर्छ भनेको छ ।’

तामाङको परिवारलाई अस्पतालमा तिर्न बाँकी रहेको ५ लाख तिर्नसमेत मुस्किल परेको छ । यता अस्पतालले भने तीन दिन भित्रमा पैसा नतिरे प्रहरीमा उजुरी हाल्दिने धम्की दिइरहेको अशोकले बताए ।

‘अस्पतालको काउन्टरमा ५ लाख तिर्न बाँकी छ, पैसा नभएर तिर्न सकेको छैन, अस्पतालले पैसा नतिरेको भएर संस्थागत रुपमा निवेदन बनाएका छौं, प्रहरीमा उजुरी दिन्छौं भनेका छन्,’ अशोकले भने, ‘पैसा तिर्न सक्दासम्म उपचार गराइराख्यो, अहिले तिर्न सकेन, बिरामी लैजाउ भन्छन्, डाक्टरले भने अझै अस्पतालमै राख्नुपर्छ भन्नुभएको थियो ।’

लामो सयम अस्पतालको शय्यामा सुत्दा तामाङको शरीरको पछाडीको भागमा संक्रमण भएको छ । त्यहि संक्रमणको कारण भएको घाउँको समेत प्लाष्टिक सर्जरी गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

तामाङको उपचारका लागि एकदिनमा नर्मल शय्यामा राखेको रकम १ हजार ५ सय तिर्नुपर्छ । औषधी, डाक्टरको परीक्षण र अन्य खर्चको हिसाब गर्दा दैनिक ५ हजार खर्चिनु पर्छ । तामाङलाई निको हुन अझै ५/६ महिना अस्पतालमा राख्नुपर्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । तर अस्पताल प्रशासनले भने पैसा नतिरेको भन्दै तामाङको परिवारलाई मानसिक पीडा दिइरहेका छन् ।

‘आफुसँग पैसा छैन, अस्पतालमा यति धेरै तिर्न बाँकी छ । अस्पताल प्रशासनले बोलाएर ३ दिनभित्रमा पैसा तिर्नु नत्र प्रहरीमा उजुरी दिन्छौं भन्नुभएको छ,’ तामाङका पति रविन तामाङले भने, ‘मैले पनि काम गर्न पाएको छैन, रातदिन उसैलाई हेर्नुपर्छ, खै कहाँबाट ल्याएर तिरौं यति धेरै पैसा ।’

यता अस्पताल प्रशासनले भने आफूहरुले तामाङको परिवारलाई मानसिक तनाव हुने गरी धम्की नदिएको दाबी गरेको छ । नि:शूल्क उपचार गर्न अस्पतालको प्याकेज अनुसारमा मात्रै हुने भएकाले अस्पतालको नियम अनुसार नै पैसा तिर्नु भनेको अस्पतालमा म्यानेजर मनिष दवाडीले बताए ।

‘कोपिला धेरै समयदेखि हामी कहाँ नै उपचार गराउनुभएको बिरामी हो । अन्य आफन्तले माया मारिसक्दा पनि कोपिलाको पतिले उपचार गराइरहेनुभएको छ,’ दवाडीले खबरहबसँग भने, ‘यो निजी अस्पताल हो, अस्पतालको नियम अनुसार धेरै पैसा तिर्नुपर्ने भएपछि हामीले उहाँहरुलाई पैसा तिर्नु भन्नु नै पर्छ, नि:शूल्क शय्या उपचार त अस्पतालको प्याकेज अनुसार मात्रै हुन्छ ।’

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १ : ३७ बजे

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छ : नगर प्रमुख कोइराला

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि

प्रतिनिधि सभा बैठक : गृहमन्त्री लामिछानेले सम्बोधन गर्दै

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

सभामुखलाई उपेन्द्रको पत्र : अशोकसहित सात सांसदको पद गइसक्यो, विश्वासको मत दिन मिल्दैन

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईसहित

अर्थसंक्षेप : बिजुली नपुगेका घर खोज्दै कुलमानदेखि सुनकाे मूल्य उच्चसम्म 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली नपुगेका

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान