नेपालमा राम्रो फिल्म लेख्नेको खाँचो छ- अनुप बराल « Khabarhub

नेपालमा राम्रो फिल्म लेख्नेको खाँचो छ- अनुप बराल


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपालमा सिनेमा राम्रो बन्न नसक्नुको दोष फिल्म लेखकलाई पनि दिने गरिन्छ । पछिल्लो समय नेपाली सिनेमामा फरकपनको खोजी गरिँदै गर्दा निर्माण भएका केही सिनेमाले बाहेक अरु सिनेमाले दर्शकले मन जित्न सकेनन् । धेरै फिल्मको पटकथा र कथामा नै समस्या देखियो ।

फिल्ममा उठाइने विषयलाई पनि महत्त्वका साथ लिने गरिन्छ । यसैबीच अभिनेता तथा निर्देशक अनुप बरालले फिल्म राम्रो बन्नका लागि विषयवस्तुको ठूलो भूमिका हुने बताए । साथै उनले नेपालमा राम्रा फिल्म लेखक आउन नसकेको र अझै नयाँ लेखकको खाँचो भएको औंल्याए ।

खगेन्द्र लामिछानेको निर्देशनमा तयार हुन लागेको फिल्म ‘पानी फोटो’ मा केही फरक भूमिका प्रस्तुत हुन लागेको बताउने बरालले भने, ‘फिल्म राम्रो बन्न विषय सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।’

यस्तै फरक काम गर्न पाउनु कलाकारका लागि चुनौती हुने तर फरक भूमिकामा काम गर्न सधै तयार रहनुपर्ने उनले बताए ।

रंगमञ्च क्षेत्रमा व्यस्त अभिनेता बरालले अभिनय सिकाएका विद्यार्थी नेपाली फिल्म क्षेत्रमा जमेका छन् । अनुप भने फिल्ममा भन्दा बढी नाटक र प्रशिक्षणमा नै व्यस्त देखिन्छन् ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १० : ५४ बजे

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा