आँधी र चट्याङका कारण बिहारमा ११ जनाको मृत्यु | Khabarhub Khabarhub

आँधी र चट्याङका कारण बिहारमा ११ जनाको मृत्यु


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना–  पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङका कारण् कम्तीमा ८ जनाको मृत्यु भएको छ । आँधी र चट्याङ लागेर अन्य ११ जना घाइते भएका छन् ।

सोमबार साँझ एक साथ आँधी र चट्याङ आएको बताइएको छ । बिहार राज्यको गोपालगञ्जमा ३, सिओहार १, सितामार्हिमा १ र पूर्वी र पश्चिम चम्पारनमा १–१ जनाको मृत्यु भएको जनाइएको छ । यी जिल्लाहरुमा नै अन्य ११ जना घाइते भएका हुन् ।

भीषण रुपमा आएको आँधीको कारण कैयो रुख र बिजुलीका पोलहरु ढलेका छन् । आँधी प्रभावित क्षेत्रमा मंगलबारसम्म पनि पूर्ण रुपमा विद्युत आपूर्ति हुन नसकेको जनाइएको छ ।

भारतको उत्तर प्रदेश राज्यमा गत हप्ता आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १२ : २७ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार