प्रदीपका लागि ‘प्रेम गीत ३’ कति महत्त्वपूर्ण ? « Khabarhub

प्रदीपका लागि ‘प्रेम गीत ३’ कति महत्त्वपूर्ण ?


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अभिनेता प्रदीप खड्काले अभिनय गरेका पछिल्ला फिल्मले खासै आशा गरिएअनुसारको व्यावसायिक सफलता हात पार्न सकेनन् । ‘लभ स्टेशन’ ले त बरु ठीकै व्यापार ग–यो । तर, त्योभन्दा अघि रिलिज भएको फिल्म ‘रोज’ ले उनको करिअरमा नै घाटा पा–यो ।

तर, प्रदीप भने सफल फिल्म र असफल फिल्मले करिअरमा खासै फरक नपार्ने बताउँछन् बेलाबेलामा ।

‘प्रेम गीत’ बाट एकाएक चर्चामा आएका यी अभिनेताले ‘प्रेम गीत २’ बाट पनि खुबै तारिफ पाएका थिए । अब सोही ब्यानरको फिल्म ‘प्रेम गीत ३’ मा प्रदीप खड्काको अभिनय देख्न सकिनेछ । उनी उक्त फिल्ममा शीर्ष भूमिकामा देखिनेछन् । फिल्ममा प्रदीपको जोडीका रुपमा नयाँ नायिकालाई लिइनेछ ।

यो फिल्म प्रदीपका लागि पनि महत्त्वपूर्ण मानिएको छ । किनकि, प्रदीपले यसअघि लगातार फ्लप फिल्म दिइरहेका छन् । उनको अभिनय र क्रेज त ठीकै हो तर उनले छानेका फिल्म नै कमजोर भएको भनिन्छ । यस अर्थमा पनि प्रदीपले ‘प्रेम गीत ३’ को टाइटल मात्र नहेरेर कथा पनि राम्रै छानेका हुन् कि भन्ने धेरैले अनुमान गरेका छन् ।

कुनै पनि कलाकारको चर्चा सधैका लागि शिखरमा रहन्न । प्रदीपले यो क्षेत्रमा करिअर थालेको छोटो समयमा नै राम्रो चर्चा पाए । तर अब उनी आफ्नो यो चर्चामा कत्तिको रहिरहन सक्छन् भन्ने महत्त्वपूर्ण विषय बनेको छ ।

पछिल्लो समय फिल्म फ्लप भइरहेका बेला फ्यानले खुबै आशा गरेको यो फिल्म पनि असफल रह्यो भने प्रदीपको वृत्ति नै असफल भएको व्याख्या गरिनेछ । त्यसैले पनि प्रदीपका लागि यो फिल्म चल्नु अनिवार्यजस्तै बनेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १२ : ५२ बजे

रत्ननगरले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने

चितवन– रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट

रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

काठमाडौं- लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ