लोक सेवाको विज्ञापन रोक्ने निर्देशनविरुद्ध सडक आन्दोलन शुरु « Khabarhub

लोक सेवाको विज्ञापन रोक्ने निर्देशनविरुद्ध सडक आन्दोलन शुरु


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगबाट स्थानीय सेवाका कर्मचारी भर्नाका लागि आह्वान भएको विज्ञापन रद्द गर्न भनेर जारी भएको निर्देशनविरुद्ध सडक आन्दोलन शुरु भएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनविरुद्ध मंगलबारदेखि सडक आन्दोलन शुरु भएको हो ।

लोक सेवाको तयारीमा रहेका युवाहरुले संसदीय समितिले दिएको निर्देशनको विरोध गर्दै मंगलबार काठमाडौंको माइतघरमा प्रदर्शन गरेका छन् ।

‘लोक सेवा तयारी तदर्थ संघर्ष समिति नेपाल’को आह्वानमा युवाहरुले संसदीय समितिको निर्देशनविरुद्ध मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

संसदीय समितिले लोक सेवालाई दिएको निर्देशन मान्य नहुने युवाहरुको भनाइ छ । संघर्षमा उत्रिएका युवाहरुले संसदीय समितिले निर्देशन फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि चेतावनी दिएका छन् ।

स्थानीय तहमा आफ्ना मान्छेलाई करारमा भर्ना गर्ने उद्देश्यका साथ लोक सेवाको विज्ञापन रद्द गर्ने चलखेल भएको युवाहरुको भनाइ छ ।

युवाहरुले मंगलबार ‘जनताको हितविरुद्ध निर्णय लिने राज्य व्यवस्था तथा सुशासन समिति चाहिँदैन’, ‘पूर्व निर्धारित लोक सेवा आयोगको परीक्षा संचालन गर’ लगायतका नारा लगाउँदै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संविधानको मर्म विपरित लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको भन्दै रद्द गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १ : ०७ बजे

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको