भूस्वर्गका रुपमा चिचिने खप्तडमा ग‌ंगा दशहरा मेला शुरु « Khabarhub

भूस्वर्गका रुपमा चिचिने खप्तडमा ग‌ंगा दशहरा मेला शुरु


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिलगढी– भूस्वर्गका रुपमा चिचिने सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा गंगा दशहरा मेला शुरु भएको छ । प्रत्येक वर्षको जेठ महिनामा खप्तडामा गंगा दशहरा मेला लाग्ने गर्छ ।

मेला भर्नका लागि स्वेदश तथा विदेशबाट हजारौं तीर्थालु तथा पर्यटकहरु खप्तड पुग्ने गर्छन् । खप्तडमा मंगलबार राति विशेष मेला लाग्ने जनाइएको छ । खप्तड मेलाअन्तर्गत मंगलबार राति देउडा खेल्ने तथा बुधबार विहान पूजाआजा हुने छ ।

दशहरा मेलाको अवसर पारेर डोटी उद्योग वाणिज्य संघले यस वर्ष पनि पुरुष भलिबल प्रतियोगिता, घोडा दौड र देउडा प्रतियोगिता पनि आयोजना गरेको छ ।

गंगा दशहरा मेलाका दिन खप्तडको त्रिवेणी धाममा नुहाउँदा पाप नाश हुने विश्वास गरिन्छ । यस्तै, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने भन्ने विश्वासका कारण यो मेलाको समयमा वृद्धवृद्धादेखि बालबालिकालगायत अन्य युवाहरुको पनि बढी भीड लाग्ने गर्छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  २ : ०३ बजे

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको