बहुविवाहको अभियोगमा कैद सजाय पाएकी रिता १० वर्षपछि पक्राउ « Khabarhub

बहुविवाहको अभियोगमा कैद सजाय पाएकी रिता १० वर्षपछि पक्राउ


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौता लाग्न गएको अभियोगमा बहुविवाह मुद्दाअन्तर्गत कैद र जरिवानाको सजाय पाएकी रिता भनिने हिरा चौलागाईं १० वर्षपछि पक्राउ परेकी छन् ।

तत्कालीन पुनरावेदन अदालत हेटौंडाले २९ वैशाख २०६६ रिताविरुद्ध २ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । अदालतको फैसलापछि कैद भुक्तान नगरी फरार रहेकी रितालाई काठमाडौंको कपनबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ ।

मकवानपुरको तत्कालीन हटिया गाविस–९ घर भएकी रिताले २०५५ सालमा ठाकुर प्रसाद चौलागाईंसँग विवाह गरेकी थिइन् ।

घरमा (आफू) श्रीमती हुँदा–हुँदै श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै ठाकुरकी श्रीमती गिता चौलागाईंले अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

सोही मुद्दामा अदालतले रिता र ठाकुरविरुद्ध कैद तथा जरिवानाको सजाय सुनाएको थियो । अदालतले सजाय सुनाएको १० वर्षपछि पक्राउ परेकी रितालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको सिआईबीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ३ : ३१ बजे

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज