शिक्षाध्यक्षको अध्यक्षतामा परीक्षा समिति गठन गर्न चिकित्सा शिक्षा आयोगको निर्देशन « Khabarhub

शिक्षाध्यक्षको अध्यक्षतामा परीक्षा समिति गठन गर्न चिकित्सा शिक्षा आयोगको निर्देशन


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगले शिक्षाध्यक्षको अध्यक्षतामा परीक्षा समिति गठन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएको छ ।

प्रतिष्ठानका उपकुलपतिले डीनको अध्यक्षतामा परीक्षा समिति गठन गरेको भन्दै उजुरी परेपछि आयोगले शिक्षाध्यक्षकै अध्यक्षतामा परीक्षा समिति गठन गर्न प्रतिष्ठानलाई निर्देशन दिएको हो ।

प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले डीनको अध्यक्षतामा परीक्षा समिति गठन गरेपछि बीपी प्रतिष्ठानका केही चिकित्सक तथा विद्यार्थी प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा समेत उजुरी दिएका थिए । उजुरीपछि आयोगको चैत ४ गतेको बैठकले संघको निर्णयअनुसार नै प्रवेश परीषा सञ्चालन गर्नेगरी व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको थियो ।

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षाध्यक्षको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गर्न प्रतिष्ठानलाई पत्राचार गरेका छन् ।

बीपी प्रतिष्ठानमा उपकुलपति डा. रौनियारलाई गत फागुनमा प्रधानमन्त्री केपीशर्मा ओलीको सरकारले पदबाट हटाउने निर्णय समेत गरेको थियो । सरकारको निर्णय विरुद्ध डा रौनियारले सर्वोच्च अदालत गएपछि सरकारको निर्णय तत्काल कार्यन्वयन नगराउन सर्वोच्वले आदेश जारी गरेको थियो ।

त्यसपछि डा रौनियार प्रतिष्ठानमै रहेका छन् । डा रौनियारको मुद्धा सर्वोच्वमा विचाराधिन रहेको छ । उनको पेशी जेठ ३० गते बिहीबार तोकिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ६ : २८ बजे

क्रसबोर्डर पेमेन्टका लागि नेपाल-भारतबीच सम्झौता

काठमाडौँ– नेपाल र भारतबीच क्रसबोर्डर पेमेन्टका लागि समझदारी पत्रमा हस्ताक्षर

‘नेपालसँगको सीमा समस्या समाधान गर्छौँ’

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा समस्याको समाधान

नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सहमत

काठमाडौँ– नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा भैरहवाको एकीकृत सुख्खा बन्दरगाह शिलान्यास

काठमाडौँ– नेपालको भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास भएको

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर 

काठमाडौँ– नेपाल र भारतबीच सात वटा मुख्य सम्झौतामा हस्ताक्षर भएका