किन वैवाहिक सम्बन्ध तोड्न डराउँछन् महिला ? यस्ता छन् कारण | Khabarhub Khabarhub

किन वैवाहिक सम्बन्ध तोड्न डराउँछन् महिला ? यस्ता छन् कारण


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो जस्तो समाजमा महिलाको चरित्र तथा व्यवहारलाई लिएर धेरै नै चर्चा हुने गर्छ । त्यसैले आफ्नो बिग्रदै गएको सम्बन्धलाई बचाउने क्रममा महिलामाथि थुप्रै किसिमका दबाब परिरहेको हुन्छ । सम्बन्ध बचाउनलाई महिलाले हर प्रयास गरिरँदा उनीहरुमाथि परिरहेको दबाबका विषयमा धेरै मानिसहरुले ध्यान दिएका हुँदैनन् । भनिन्छ, सम्बन्धको जोडी आकाशमा बन्छ र सम्बन्ध निभाउने कार्य धर्तीमा हुन्छ । यद्यपि, स्वर्गमा बनेको यस्तो जोडीमा यदि आपसी तालमेल तथा प्रेममा कमी भयो भने सम्बन्ध धेरै लामो समयसम्म टिक्न सक्दैन । यसलाई हेर्ने हो भने केही यस्ता कारण छन् जसले कुनै पनि महिलालाई आफ्नो सम्बन्ध बचाइ राख्न सम्झौता गर्न बाध्य तुल्याइरहेको हुन्छ । ति कारण के-के हुन्, जानी राखौँ ।

द्विविधा

मनोविज्ञानिकहरुका अनुसार शारीरिक तथा मानसिक उत्पिडन झेलेपछि कयौँ पटक महिला आफ्नो सम्बन्धको विषयमा द्विविधामा पर्ने गर्छन् । आफ्नो साथ हुने दुव्र्यवहारलाई लिएर उसले आफैँलाई दोषी मानिरहन्छन् । जसले गर्दा बिस्तारै उसको भित्र लुकेर बसेको आत्मसम्मान कमजोर हुँदै जानेछ । यसले आफ्नो जीवन अर्थहीन हुँदै गएको अनुभुति गर्न थाल्छन् ।

समाजको डर

आफुमाथि हिंस्रक व्यवहार भइरहँदा पनि समाजको डरले महिलाले त्यस्ता विषयलाई सम्बन्धभन्दा बाहिर लैजान हिच्किचाउँछन् । समाजले के भन्छ भन्ने मानिसक सोचका कारण आफुमाथि बारम्बार भइरहेको दुव्र्यहारको घटना अर्को व्यक्तिलाई सुनाउन पनि डर मानिरहेका हुन्छन् ।

जीवन साथी सुध्रने आशा

महिलामाथि हुने दुव्र्यहार तथा हिंसाका घटनामा अशिक्षित महिलामात्रै फस्छन् भन्ने हुँदैन । रोजगारीमा रहेका तथा शिक्षित महिला पनि यस किसिमको सम्बन्धमा फसेका हुन्छन् । र त्यस्तो सम्बन्धलाई बाध्यताले निर्वाह गरिरहेका हुन्छन् । यसको पछाडि आफ्नो जीवन साथी अर्थात पति भविष्यमा सुध्रने आशा पालिरहेका हुन्छन् । आफुले उसलाई छोडेर गएमा पतिमा झन नराम्रो असर पर्छ र उसको जीवन बिग्रन्छ भन्ने उनीहरुले सोच्ने गर्छन् । भावनामा बहकिएर वर्षौंसम्म उनीहरु दुखादायी सम्बन्धलाई बचाइ रहेका हुन्छन् ।

सन्तानको भविष्यका लागि

हाम्रो समाजमा एकल अभिभावक भएर सन्तानको जिम्मेवारी वहन गर्न अत्यन्तै मुश्किल मानिन्छ । यसमा अझ महिलाको कुरालाई जोड्ने हो भने थप कष्टकर र कठिन कार्य देखिन्छ । त्यसैले आफ्नो सन्तानको भविष्य सुरक्षित गर्ने चक्करमा महिलाले आफुलाई नै भविष्यको अन्धकारमा धकेलिरहेका हुन्छन् ।

परिवारको दबाब

हाम्रो समाजमा सम्बन्ध जोड्नु जति सहज छ, त्यसलाई तोड्नु अझ कठिन मानिन्छ । यदि कुनै महिला आफ्नो सम्बन्धबाट खुशी छैनन् र सम्बन्ध तोड्न चाहन्छिन् भने उसलाई परिवारका सदस्यले सम्बन्ध नबिगार्न सल्लाह दिन थाल्छन् । थुप्रै पटक परिवार, समाज तथा सन्तानका कारण महिलाले चाहेर पनि सम्बन्ध तोड्न सक्दिनन् ।

आर्थिक कारण 

प्राय महिला आर्थिक रुपमा कमजोर भएकै कारण आफ्नो खर्चका लागि जीवन साथी अर्थात पतिमाथि निर्भर हुन्छन् । जसका कारण सम्बन्धलाई जबरजस्ती कायम राख्न उनको बाध्यता बन्ने गर्छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ४ : ३५ बजे

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न

कृषि भूमिकोसंरक्षण आवश्यक : कृषिमन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले खाद्य सुरक्षालाई

चितवनमा फूल आयात रोक्न माग

चितवन– जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले

फजुल खर्च रोक्दै दोलखाका सहकारी !

दोलखा– जिल्लाका सहकारी संस्थाहरू यतिबेला वार्षिक साधारणसभा कार्यक्रम सकाउन केन्द्रित

अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको अकबरे खुर्सानीमा अत्याधिक