नाटकीय रुपमा नेयमारको सरुवा मूल्य घट्दै « Khabarhub

नाटकीय रुपमा नेयमारको सरुवा मूल्य घट्दै


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय सञ्चार संस्था एलक्युप र मार्काकाअनुसार ब्राजिलियन फुटबल स्टार नेयमारको सरुवा मूल्यमा गिरावट आएको छ । केही समय अगाडि सिआईईएस फुटबल अब्जर्भेटरीले सार्वजनिक गरेको रिर्पोटअनुसार नेयमारको मैैदानको प्रदर्शन र उनको व्यवहारले उनलाई धक्का दिएको उल्लेख गरिएको छ ।

सन् २०१७ मा स्पेनिस महारथी बार्सिलोनाबाट लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा कीर्तिमानी मूल्यमा आबद्ध भएका उनको २ वर्ष नबित्दै सरुवा मूल्यमा गिरावट आएको हो । नेयमार बार्सिलोनाबाट पीएसजीमा २१२ मिलियन युरोमा आबद्ध भएका थिए ।

कीर्तिमानी मूल्यमा क्लबमा भित्रिएका नेयमारले अहिलेसम्म पीएसजीमा रहँदा मात्रै ५१.८ प्रतिशत खेल खेलेका छन् । जुन स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र मेस्सीभन्दा निकै कम हो ।

रोनाल्डोले ७७ प्रतिशत क्लबका खेल खेल्दा मेस्सीले ८७ प्रतिशत खेल खेलेका छन् । त्यतिमात्रै होइन सिआईईएस फुटबल अव्जर्भेटरीले सार्वजनिक गरेको रिपोर्टअनुसार नेयमारको जुन महिनासम्मको सरुवा मूल्य १२० मिलियन युरो देखि १५० मिलियन युरो रहेको छ । यतिसम्म कि उनी पीएसजीमा २१२ मिलियन युरोमा क्लब प्रवेश गरेका थिए ।

नेयमार अहिले घाइते भएकै कारण ब्राजिलको टोलीमा पनि अटाएका छैनन् । इन्जुरीकै कारण नेयमारले घरेलु मैदानमा आयोजना हुन लागेको कोपा अमेरीका गुमाउने भएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ५ : ०५ बजे

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर